प्रत्यक्ष १२० सिट, समानुपातिकमा ५० लाख मत : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् ।

आफू पक्षीय केन्द्रीय कमिटी बैठकमा ओलीले चुनावमा आँधी, तुफान सिर्जना गरिने उल्लेख गरे । उनले भने, ‘हामीले चुनावमा कम्तीमा ५० लाख लोकप्रिय मत ल्याउनुपर्छ, किनभने प्रत्यक्षमा हिजो दुई पार्टी मिलेर ११६ सिट जितेका थियौं अब कम्तीमा चार सिट बढाएर १२० सिट जित्नुपर्छ ।’

ओली समूहले आजै महाधिवेशन आयोजक समिति बनाएको छ भने प्रचण्ड नेपाल समूहले ओलीलाई अध्यक्षबाट हटाएको छ ।