ओलीलाई अर्काे धक्का, जसपाले मत नदिने

जनता समाजवादी पार्टी (जसपा) को शीर्ष नेताको बैठकले सोमबार हुने सरकारलाई विश्वासको मतको मतदानमा ह्विप जारी नगर्ने भएको छ ।
नेता डा. बाबुराम भट्टराईको निवासमा बसेको बैठकले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान गर्न सांसदहरुलाई स्वत्रन्त्र छोड्ने निर्णय गरेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

जसपाले ह्विप जारी नगर्ने, पक्ष वा विपक्षमा मतदानको अधिकार सांसदलाई नै

ओलीलाई विश्वासको मत नदिने तर त्यसपछि बन्ने सरकारलाई पनि समर्थन नगर्ने नेताहरु बताउँछन् । बैठकले पक्ष विपक्षमा मतदानको अधिकार सांसदहरुलाई नै दिएको हो ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिदैँछन् । संसद्मा एमालेका १ सय २१ सांसद छन् । विश्वासको मत पाउन १ सय ३६ मत चाहिन्छ । त्यसकारण ओलीलाई अझै १५ सांसद कम हुन्छ ।

एमालेकै माधवकुमार नेपालपक्षका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।