प्रचण्ड÷माधव समुह मुस्ताङले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

—प्रधानमन्त्री केपि शर्मा ओलीद्धारा गरिएको संसंद बिघटनको असंवैधानिक कदम बिरुद्ध नेकपा (प्रचण्ड÷माधव)समुह आन्दोलनमा छ । शुक्रबार ७७ वटै जिल्लामा बिरोध स्वरुप ज्ञापनपत्र बुझाउने क्रममा सो समुहले मुस्ताङमा ज्ञापनपत्र बुझायो ।
नेकपा मुस्ताङका प्रचण्ड÷माधव समुहका जिल्ला नेता विशाल विकको नेतृत्वमा गएको समुहको टोलीले जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सिडियोलाई ज्ञापनपत्र बुझाएको हो ।
नेकपा मुस्ताङका जिल्ला कमिटी सदस्य तथा दलितमुक्ति संगठनका केन्द्रिय सदस्य धिरेन्द्र विकले मुस्ताङका निमित्त प्रमुख जिल्ला अधिकारी जगदिश अर्याल समक्ष प्रधानमन्त्रीलाई बिरोध स्वरुप ज्ञापनपत्र बुझाएका हुन् ।नेकपा मुस्ताङका जिल्ला कमिटी सचिव सत्यनारायण शेरचनद्धारा हस्ताक्षरित प्रशासनमा बुझाईएको ज्ञापनपत्र नेकपा जिल्ला नेता विशाल विकले वाचन गरे ।
ज्ञापनपत्रमा प्रधानमन्त्रीले संविधानको ठाँडो उलंघन गरी असंवैधानिक, अलोकतान्त्रिक ,अप्रजान्त्रिक र स्वेच्छाचारी ढंगले संसद बिघटन गरिएको प्रति बिरोध एवं भत्र्सना गरेको छ ।
बिज्ञप्तीमा जनताको ठुलो त्याग, बलिदानी र संघर्षले प्राप्त गरिएको ऐतिहासिक राजनितिक परिर्वतन ,संघीय लोकतान्त्रिक गणतन्त्र तथा नेपालको संविधानको रक्षा गर्न र सबै गणतन्त्रवादी एकजुट हुनु पर्ने जनाएको छ । ज्ञापनत्रपत्रमा प्रधानमन्त्री ओलीलाई एक पटक पुनः दोहो¥याएर संम्विधान बिघटनको धारा अध्ययन गर्न सुझाईएको छ ।
सो ज्ञापनपत्रमा प्रधानमन्त्रीले गरेको असंवैधानिक कदमलाई अबिलम्ब सच्चाई संसंदलाई क्रियाशिल बनाएर संविधानको रक्षा गर्नेतर्फ प्रधानमन्त्री ओली लाग्नु पर्नेमा जोड दिईएको छ ।