उपेन्द्र यादवले सरकारबाट दिए राजीनामा

केपी ओली नेतृत्वको सरकारका उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् ।

स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलो पटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको ठाडो प्रस्ताव राख्दा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसलाई ठाडै अस्वीकार गरिदिएका थिए ।