अर्को चुनावमा नेकपा एक्लैले दुई तिहाइ ल्याउँछ: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले आगामी निर्वाचनमा एक्लै दुई तिहाइ सिट ल्याउने दाबी गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकामा आइतबार नेकपाले गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आउने निर्वाचनमा एक्लैले दुई तिहाइ सिट ल्याउने दाबी गरेका हुन् ।

‘सरकार र पार्टीको कामबाट हामी एक्लैले दुई तिहाइ मत ल्याउने सुनिश्चितता गरेका छौं,’ उनले भने। केन्द्रीय समिति बैठकपछि देशैभर कार्यक्रम गर्ने बताउँदै उनले त्यसले उत्साह ल्याउने पनि बताए।

उपनिर्वाचनले पार्टीलाई उत्साह र शिक्षा दिएको बताउदै पार्टी एकीकरण प्रक्रिया ढिलो हुनु, संस्थागत तरिकाले पार्टी परिचालित नहुँदा कल्पना नगरेका ठाउँमा परेको उनले बताए ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको सन्दर्भमा बोल्दै प्रचण्डले कुटनीतिक र राजनैतिक तबरले समस्या अन्त्य गर्नका लागि अवसर आएको र भूमि फिर्ता ल्याउन कुटनीतिक पहल भइराखेको बताएका छन् ।