‘कांग्रेस कमण्डलु बोकेर उपसभामुख माग्‍न आएको होइन्’

प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख पद माग्न कमण्डलु लिएर संसदमा प्रस्तुत नभएको बताएको छ ।

आइतवार दिउँसो प्रतिनिधि सभाका सभामुख निर्वाचन सुरु भएसँगै कांग्रेसले कसैसँग उपसभामुख पद नमागेको दाबी गरेको हो । नेपाली कांग्रेसका सांसद डा।मिनेन्द्र रिजालले उपसभामुख पद माग्‍न नेपाली कांग्रेस संसदमा कमाण्डलु लिएर नआउने प्रतिक्रिया दिएका छन्।

सभामुख चयन प्रक्रियाबारे प्रमुख प्रतिपक्षी दलको तर्फबाट बोल्दै ‘सभामुख निर्वाचित गर्न नेकपासँग एथेष्ट मत रहेको छ। सभामुख पद नै तटस्थ हुनुपर्छ भनेर कांग्रेसले उम्मेदवारी नदिएको हो,’ उनले भने, ‘कांग्रेसले उपसभामुख पदमा बार्गेनिङु गरेर सभामुखमा उम्मेदवारी नदिएको होइन। उनले कांग्रेससँग सभामुख निर्वाचित गर्न मत पनि नरहेको बताउँदै भिख माग्‍न कमाण्डलु लिएर नआउने बताएका हुन् ।