सत्तारुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज दिउँसो सचिवालय बैठक बोलाएको छ।
प्रतिनिधि सभाको सभामुखको उम्मेदवार छान्नेबारे प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीकाअध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफल सकिएपछि साँझ ४ बजे सचिवालय बैठक बोलाएको हो ।
बैठकले सभामुखको टुङ्गो लगाउने सम्भावना रहेको छ । यसअघि सभामुख चयनमा सहमति हुन नसक्दा ४ पटकसम्म संसद बैठक सूचना टाँसेर स्थगित भइसकेको छ ।




