ताजा समाचार

मंसिर २९ गते २०७६

नेकपा स्थायी समिति बैठक,५ एजेण्डामा छलफल हुने

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सचिवालय बैठकले स्थायी कमिटी बैठकका एजेण्डा तय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकले दिउँसो बस्ने पार्टीको स्थायी कमिटी बैठकका लागि पाँचवटा एजेण्डा तय गरेको गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक प्रतिवेदन स्थायी कमिटीमा लैजाने, विधान संशोधन, अर्को केन्द्रीय कमिटी बैठक, नेपाल भारत सीमा समस्या र विविध विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।करीब एक वर्षपछि बस्ने पार्टीको स्थायी समिति बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

आज बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित थिए। बालुवाटारमै बैठक राखेकोले प्रधानमन्त्री सहभागी बनेको उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।