सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को पुस २३ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठक सरेको छ ।
आइतबार बिहान बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय समिति बैठक माघ १५ सम्मका लागि सार्ने निर्णय गरेको हो ।
राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भएकाले केन्द्रीय समितिको बैठक २१ दिन पर सारिएको नेकपा केन्द्रीय प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन् ।
गत पुस ६ गते बसेको नेकपाको स्थायी कमिटी बैठकले पुस २३ मा केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको थियो ।




