सरकार प्रेस र वाक् स्वतन्त्रता विरुद्ध छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उनले वर्तमान सरकारका गतिविधि प्रेस र वाक् स्वतन्त्रता विरुद्ध भएको आरोप लगाएका छन् ।

कांग्रेस कैलाली क्षेत्र नं.१ ले टीकापुरमा निर्माण गरेको विपी स्मृति भवनको मंगलबार उद्घाटन गर्दै देउवाले सरकार हस्तक्षेपकारी ढंगले अघि बढेको बताएका हुन् ।

उनले वर्तमान सरकार जनताका हकअधिकार हनन् हुने गरी अघि बढेको बताउँदै सरकार जनताका इच्छाविपरीत चलेको बताएका छन् । नेपाली जनताले ओली नेतृत्वको वर्तमान सरकारबाट मुक्ति चाहेको बताएका छन्।

उनले जलविद्युत्को सदुपयोग हुन सके सुदूरपश्चिम प्रदेश अरु प्रदेश भन्दा समृद्ध प्रदेश हुने बताए। उनले सुदूरपश्चिममा देशकै कायापलट गर्न सक्ने जलविद्युत्को संभावना रहेको बताए।

उनले जनताको लगानीमा जलविद्युत् आयोजना निर्माण हुनुपर्ने बताउँदै पश्चिम सेती सुदूरपश्चिमका जनताले निर्माण गर्न चाहेको बताए।