विवेकशिल साझा पार्टीको खवरदारी

विवेकशील साझा पार्टीले सार्वजनिक स्वामित्वमा रहेको बहुमुल्य जग्गा राजनीतिक नेतृत्व, कर्मचारी, व्यवसायी र ‘भूमाफिया’को मिलेमतोमा अपचलन भएकोप्रति खबरदारी गर्दै आएको छ ।

एक हप्ताअघिदेखि सुरु भएको अभियान अन्तर्गत शनिबार देशभर खबरदारी कार्यक्रम गरिएको छ । प्रधानमन्त्री निवास समेत रहेको बालुवाटार क्षेत्रको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी हुनु र हायात होटलले सयौं रोपनी सरकारी जग्गा अपचलन गरेकोमा यसले भूमाफिया गिरोहको शक्ति र पहुँचको डरलाग्दो संकेत गरेको उक्त पार्टीले जनाएको छ ।

विवेकशील साझा पार्टी, गण्डकीले शनिबार पोखराको सिर्जनाचोकमा खबरदारी कार्यक्रम आयोजना गरेको हो । यहाँ स्थित पार्टीका क्रियाशील सदस्य तथा शुभेच्छुकहरुको सहभागिता रहेको संयोजक दीपक पौडेलले बताए ।