समाचार

अन्नपूर्ण गापाले ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्दै

कास्कीको अन्नपूर्ण गाउँपालकाले ११ वटै वडामा ६५ हजार फलफूलका बिरुवा वितरण गर्ने भएको छ । व्यावसायिक कृषिलाई गाउँपालिकाले आफ्नो प्राथमिकतामा राखेकामा सम्भाव्य फलफूल खेती एवं कृषिको स्थान पहिचानका लागि विभिन्न ७६५ स्थानको माटो परीक्षण गरी बिरुवा वितरण गर्न लागेको हो । चालू आर्थिक वर्षमा नै ६५ हजार बिरुवा वितरण गर्ने योजनाअन्तर्गत यही असार मसान्तभित्र कृषकले आ–आफ्ना खेतबारीमा बिरुवा सारिसक्ने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए । गाउँपालिकाले कृषकलाई वितरण गर्नका… पुरा पढौ

यौन शिकारबाट रहेको गर्भ फाल्न असुरक्षित गर्भपतन गराउन खोज्दा मृत्युको मुखमा बालिका

यौन शिकारबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा एक बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका तिन महिनाको गर्भपतन गराउन जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियुमा उपचार भइरहेको छ । प्रहरी उपरीक्षक… पुरा पढौ

ब्रुनाई र तान्जानियाको गैरआवासीय नेपाली राजदूत नियुक्त

ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा उदयराज पाण्डे नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मलेसियाका लागि नेपाली राजदूत पाण्डेलाई ब्रुनाई र तान्जानियाका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा यो नियुक्ति गरेकी हुन् । पुरा पढौ

आपुर्ति मन्त्रालयमा मन्त्रि र कर्मचारी नेताविच कुटाकुट

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा कुटाकुट भएको छ। मन्त्री मातृका प्रसाद यादव र सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहबीच कुटाकुट भएको हो। तर मन्त्रीको सचिवालयले भने कुटाकुट नभएको तर उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएको बताएको छ। पुरा पढौ

मिडिया काउन्सिल विधेयक फिर्ता नलिए संसद र सडक घेराउ गर्छौं

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल विधेयक फिर्ता नलिए सरकारलाई संसद र सडकबाट घेराउ गर्ने बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस यूनियनका प्रतिनिधिहरुसँगको छलफलमा सभापति देउवाले विधेयक फिर्ता नलिए सरकारलाई संसद र सडकबाट घेराउ गर्ने चेतावनी दिएका हुन् । संसदीय दलकै बैठकमा महासंघ र यूनियनका पदाधिकारी र पूर्वपदाधिकारीलाई सहभागी गराएर देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने कुनै पनि… पुरा पढौ

पोखरामा प्रदूषण नाप्ने उपकरण राखिने

मुलुकको अधिकांश भागमा बढ्दो शहरीकणसंगै मानविय गतिविधिका कारण विभिन्न प्रकारका प्रदुषणहरु ब्यापक रुपमा फैलिरहेका छन् ,जसले मानव स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ । यहि कुरालाई मध्येनजर गरि पोखरामा पनि अव वायु प्रदूषण मापन गर्ने उपकरण राखिने भएको छ। विभिन्न ठाउँमा उपकरण राखेर वायु प्रदूषणको अवस्था पत्ता लगाउने योजना गण्डकी प्रदेशको वातावरण मन्त्रालयले बनाएको हो । पोखरा सहरको वायु प्रदूषण कुन अवस्थामा छ भन्ने थाहा पाउनका लागि मन्त्रालयले आवश्यक उपकरण खरिद… पुरा पढौ

जेलबाटै हरायो इटालियन पेस्तोल

जेलबाटै इटालियन पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन हराएको तथ्य फेला परेको छ । जिल्ला कारागार झापाको नेतृत्व सम्हालेका प्रहरी नायब निरीक्षक नरेश आचार्य बिदामा रहेका बेला कारागारबाट हतियार हराएको हो । प्रहरी नायब निरीक्षक आचार्य घर बिदा गएका बेला कारागार सुरक्षाको जिम्मा प्रहरी सहायक निरीक्षक हीरण सिंहलाई दिइएको थियो । एक प्रहरीले प्रहरी जवान कुमार भोटेलाई हतियार बुझाएको रेकर्ड छ । तर, बिहान पेस्तोलसहित १४ राउण्ड गोली भरिएको म्यागजिन… पुरा पढौ

आफ्नै रेकर्ड तोडे कामीरिता शेर्पाले

साहसिक आरोही कामीरिता शेर्पाले आफ्नै आफै रेकर्ड ताड्दै २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेर कामीरिताले आफ्नै कीर्तिमान तोडेका हुन् । कामीरिताले २२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाम आउँछ । पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु… पुरा पढौ

ग्रामीण पर्यटन प्रवद्र्धनका लागी पोखराका महिला पर्यटन व्यवसायी लम्जुङ प्रस्थान

ग्रामीण पर्यटन प्रवद्र्धनका निम्ति महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को टोली बुधबार लमजुङ्गको घलेगाउँका लागि प्रस्थान गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्दे ग्रामीण घरबास कार्यक्रमलाई टेवा दिन महिला पर्यटन व्यवसायीहरुको ५० जनाको टोली त्यसतर्फ प्रस्थान गरेको हो । प्रस्थान गर्नुपुर्वको औपचारिक कार्यक्रममा बोल्दै पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामीछानेले पोखराभन्दा बाहिर पनि पर्यटनस्थलहरुको खोजि गर्दे त्यसलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जवी पौडेलले महिला… पुरा पढौ

गोरुले हानेर मृत्यु

आफ्नै घरमा पालेको गोरुले हानेर मेचीनगर–१४ प्रणामीनगरका ५० वर्षीय विष्णुप्रसाद श्रेष्ठको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार मङ्गलबार साँझ ६ बजे उक्त घटना भएको थियो । चरनमा पगाहा लगाइएको बीउ गोरुलाई घरतर्फ ल्याउँदै गर्दा हडियाखोलाको किनारमा श्रेष्ठलाई गोरुले आक्रमण गरेको थियो । एकान्त स्थानमा गोरुले आक्रमण गरेका कारण तत्काल कसैले थाहा नपाउँदा घटनास्थलमै श्रेष्ठको मृत्यु भएको थियो । अबेरसम्म छोरा नफर्किएपछि खोज्दै जाँदा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं