ताजा समाचार

जेठ २ गते २०७६

पुटुकी खाने प्रलोभन देखाएर ६ बर्षिया बालिका बलात्कार

झापामा एक ६ बर्षिया बालिका बलात्कृत भएकी छिन् । हल्दिवारी गाउँपालिकामा बालिकालाई हल्दिबारी– ३ का अन्दाजी १६ वर्षीय किशोरले बलात्कार गरी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत बिहीबार बेलुका विद्यालयबाट घर फर्किने क्रममा मकैबारीमा फलेको पुटुकी खान जाउ भन्दै बालिकालाई किशोरले जबरजस्ती करणी गरेका झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

हाल बालिकाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रहरी कार्यालय झापाले फरार रहेका किशोरको खोजी गरिरहेको डिएसपी श्रेष्ठले बताए ।