समाचार

ल्होत्से हिमालको चुचुरोमा को को पाँच नेपाली पुगे ?

यो सिजनको पहिलो आरोहीका रुपमा नेपाली टोली विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पुगेका छ । यो सिजनको पहिलो आरोहिको रुपमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा ल्होत्से हिमालको चुचुरोमा पुगेका हुन् । नेपाली टोली विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा मंगलबार बिहान ९ बजेर ४७ मिनेट जाँदा पुगेको हो । उनीहरु बाटो बनाउँदै चुचुरोमा पुगेको सगरमाथा… पुरा पढौ

बालुवाटार जग्गा अनुसन्धान गर्ने डीएसपी कता सरुवा भए ?

बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद् कटुवाल सरुवा भएका छन्। उनलाई रौतहटमा कार्यरत डीएसपी कुमुद ढुंगेल छानबिनमा रहेकोले कटुवाललाई इलाका प्रहरी कार्यालय चन्द्निगाहपुर पठाइएको हो । स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआईजी निरज शाहीले अनुरोध गरेका थिए।ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन्। तीन महिनाको सीमा दिएर ब्युरोलाई अनुसन्धान… पुरा पढौ

अपाड्गता भएकालाई मगर संघ इकाइ रामबजारको सहयोग

नेपाल मगर संघ इकाइ समिति रामबजारले जन्मजात अपाड्ता भएका दुई युवाहरुलाई रु ७१ ह्जार ३ सय ३० बराबर सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ डिहि गाउँ निवासी आमा देवकुमारी नेपाली र बुबा पूर्णबहादुर नेपालीका २ छोराहरु चेतबहादुर नेपाली र शिवबहादुर नेपालीलाई समितिले नेपालीको घरमै पुगेर सहयोग हस्तान्तरण गरेको हो । सहयोग रकम उठेको मध्ये रु १० हजार नगद र ९ हजार बराबरको खाद्यान्न सामान प्रदान गरिसकिएको छ… पुरा पढौ

पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की

एभिन्यूज खबरको ‘सकस राजनीति‘ कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ । आफूलाई समाजवादी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की आएको उनले बताएका छन् । यस्तै एभिन्युज खबरको वीरगञ्जस्थित ब्युरो कार्यालयमा सोमबार दिउँसो तोडफोड भएको छ । कार्यालयमा कर्मचारीहरू काम गरिरहेको बेला मुखमा कालो कपडा बाँधेर आएका केही मानिसले तोडफोड गरेर गएका हुन् । उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग एभिन्युज खबरले सकस राजनीति कार्यक्रममा… पुरा पढौ

असिना पानीसँगैको चट्याङले ८ घाइते

हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताए । उनीहरूलाई प्रहरी र स्थानीयवासीले… पुरा पढौ

आमाको अन्त्येष्टि गर्न पुगेका छोराको पनि मृत्यु

आफ्नी कान्छी आमाको दाहसंस्कार गर्न घाटमा पुगेका छोराको नदीमा बगेर मृत्यु भएको छ । लमही नगरपालिका–९ अमिलिया निवासी ६२ वर्षीया जयसरा घर्तीको दाहसंस्कारका लागि पुगेका ५२ वर्षीय कर्णबहादुर घर्तीको आइतबार नदीमा नुहाउँदा बगेका थिए । बिहान ११ बजे नदीले बगाएर बेपत्ता भएका उनको अपरान्ह् करिब ४ बजे शव फेला परेको थियो । पुरा पढौ

मन्त्रि यादवको विवादित अन्तर्वार्ताका विषयमा रविन्द्र मिश्रको प्रतिक्रिया, दोष कस्को ?

साझा विवेकशील पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले कुनै पनि अन्तरवार्तामा प्रस्तोताले अतिथिलाई झपार्न नमिल्ने प्रतिक्रिया दिएका छन् । पार्टी कार्यालय बखुण्डोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा पत्रकारले उक्त सन्दर्भ कोट्याए पछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको विवादित अन्तर्वार्तामा पत्रकार आक्रोशित हुन नमिल्ने भन्दै परिस्थितिलाई संयम बनाउन सक्नुपर्नेमा जोड दिएका छन् । जवाफमा मिश्रले पत्रकार आचार संहिता र पत्रकारको धर्मअनुसार त्यसरी अतिथिलाई झपार्न नपाइने उल्लेख गरे ।… पुरा पढौ

४६ वर्षीय पुरुषद्धारा ११ वर्षीया बालिका बलात्कृत

दाङ प्रहरीले ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ४६ वर्षीय एक पुृरुषलाई पक्राउ गरि सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । घोराही उपमहानगरपालिका–१५, स्र्वद्धारी टोल बस्ने ४६ वर्षीय ऋषिराज आचार्यलाई ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको हो । सो कार्यालयका प्रवक्ता डिएसपी विनोदविक्रम शाहका अनुसार आरोपीलाई मुलुकी संहिता बमोजिम १४ देखि १६ सम्म कैद सजाय र नियम अनुसारको क्षतिपूर्ति हुने गरि सरकारी वकिलको कार्यालयमा… पुरा पढौ

महिला प्रहरीलाई सादा पोसाकमा पठाएर ठुलो संख्यामा यौन ब्यवसायी पक्राउ

नेपाल प्रहरीले राजधानी काठमाडौंका विभिन्न ठाउँबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा १२५ जनालाई पक्राउ गरेको छ। महिला प्रहरीलाई सादा पोषाकमा राजधानीका विभिन्न स्थानमा पठाएर यौन गितिविधिमा संलग्नहरूलाई पक्राउ गरिएको हो । नेपाल प्रहरीको महानगरीय प्रहरी परिसर काठमाडौंले नयाँ बसपार्क, गौशाला, पुरानो बसपार्क, बागबजार, चावहिललगायतका क्षेत्रमा बाटोमा बसेर महिलालाई फकाएर विभिन्न होटल तथा रेष्टुरेन्टमा लगेर यौन क्रियाकलाप गर्न खोज्ने पक्रेको थियो । महिला प्रहरीलाई सादा पोशाकमा उक्त क्षेत्रमा परिचालन गरेको थियो।… पुरा पढौ

हाईअल्टिच्युड एडभेन्चर प्रतियोगिताको पुरुषतर्फ आर्मी र महिलातर्फ एपिएफ च्याम्पियन

दोश्रो प्रधान सेनापती हाईअल्टिच्युड ट्राई एडभेन्चर राष्ट्रिय प्रतियोगितामा दुई बिभागीय टोलीले आफ्नो बर्चश्व कायम राख्दै च्याम्पियन बने ।नेपाली सेनाद्धारा सोमबार मुस्ताङको जोमसोममा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लव पुरुष टोली र शसस्त्र प्रहरीको एपिएफ क्लवको महिला टोली पहिलो स्थान हासिल गर्न सफल भए । जोमसोम देखि पश्चिमतर्फको धाकार्जुङ डाडाँ उक्लने एक सय मिटर रकक्लामिङ ,धाकार्जुङ डाडो देखि शसस्त्र प्रहरी क्याम्प हुँदै पान्डाखोला सम्म दौडिने ४.७५ किमी रनिङ र पान्डा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं