ल्होत्से हिमालको चुचुरोमा को को पाँच नेपाली पुगे ?


यो सिजनको पहिलो आरोहीका रुपमा नेपाली टोली विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा पुगेका छ ।

यो सिजनको पहिलो आरोहिको रुपमा दोलखा रोलवालिङका किली पेम्बा शेर्पा, तामतिङ शेर्पा तथा थामे सोलुका पेम्बा छोटे शेर्पा, आङ जाङ्बु शेर्पा र डेन्डी शेर्पा ल्होत्से हिमालको चुचुरोमा पुगेका हुन् ।

नेपाली टोली विश्वको चौथो अग्लो हिमाल ल्होत्सेको चुचुरोमा मंगलबार बिहान ९ बजेर ४७ मिनेट जाँदा पुगेको हो । उनीहरु बाटो बनाउँदै चुचुरोमा पुगेको सगरमाथा आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

ल्होत्से हिमाल सगरमाथा, पाकिस्तानको केटू र कञ्चनजंघापछिको विश्वकै चौथो अग्लो हिमाल हो । सगरमाथासँग जोडिएको ल्होत्से ८ हजार ५१६ मिटर अग्लो छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं