ताजा समाचार

वैशाख ३१ गते २०७६

वडा सदस्यले नै युवती बलात्कार गरेपछि

युुुुवती बलात्कारको आरोपमा वडा सदस्य नै प्रक्राउ परेका छन् । बलात्कारको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिका ३ का वडा सदस्य बिष्णु श्रेष्ठ पक्राउ परेका हुन्।

उनले आफुले नै संचालन गरेको इटाभट्टामा काम गर्ने कामदार युवतीलाई कारखानामा नै बलात्कार गरेको आरोप लागेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा गत चैत ७ गते बलात्कार गरेको पिडित युवतीले प्रहरीमा जाहेरी दिएकी हुन् । मुद्दा दर्ता गरेपछि श्रेष्ठ फरार रहेका थिए । फरार रहेका श्रेष्ठ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले सोमबार जिल्लाबाटै प्रक्राउ परेका हुन् ।