ताजा समाचार

जेठ २ गते २०७६

लागुऔषध ल्याइदिन्छु भनि प्रहरीकै पैसा बोकेर बेपत्ता

बाग्लुङ जिल्लामा लागुऔषधको प्रयोग भइरहेको जानकारी पाएको प्रहरीले ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने प्रयास गरेको भएपनि असफल भएको जनाएको छ ।

साधा पोशाकमा प्रयोगकर्ताको रुपमा लागुऔषध खरीद गर्न पुगेका प्रहरीलाई नै ओसारपसारमा संलग्न एक व्यक्तिले रु १० हजार ५०० ठगेर बेपत्ता भएका हुन्।

पर्वतको मालढुङ्गामा लागुऔषध खरीदका लागि पुगेका प्रहरीसँग रकम लिएर लागुऔषध लिन भन्दै हिँडेका कुमार भनेर चिनिने एक व्यक्ति बीचैबाट फरार भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।जिल्ला र आसपासका क्षेत्रमा उक्त व्यक्ति नरहेको र खोजी भइरहेको शर्माले बताए ।