मुस्ताङमा बार्षिक ६० हजार विदेशी पर्यटक

- मुस्ताङमा बार्षिक ६० हजार पर्यटक भित्रदा ८ प्रतिशत उपल्लो मुस्ताङमा

आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण गन्तव्य हिमालपारी मुस्ताङमा वर्सेनि औसत ६० हजार विदेशी पर्यटक भित्रिने गरेको अन्नपूर्ण संरक्षेत्र आयोजना एक्याप जोमसोम स्थित चेकपोष्टले जनाएको छ ।

सन् २०१६ देखि यता सोही अनुपातमा बिदेशी पर्यटक मुस्ताङ आउने गरेका हुन् ।
एक्याप जोमसोमका अनुसार मुस्ताङ भ्रमण गर्ने बिदेशी पर्यटकमा ४५ प्रतिशत भारतीय,५० प्रतिशत फरेनर र ५ प्रतिशत अन्य सार्क मुलुकका छन् ।एक्यापका पर्यटन सहायक शिव पुर्जाका अनुसार सन् २०१९ को चालुवर्ष जनवरी देखि अप्रिल सम्मको ४ महिनामा कुल १६ हजार ९ सय ७१ बिदेशी पर्यटक मुस्ताङ आएका हुन् ।जसमा १० हजार ७ सय ८२ भारतीय पर्यटक छन् भने केही सार्कका भुटान,बंगलादेश ,श्रीलंका र पाकिस्तानका पर्यटक छन् ।


यसअघि सन् २०१८ मा ५९ हजार ८ सय ३८ बिदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए ।जसमध्ये ३३ हजार १ सय ५९ भारतीयसहित र अन्य सार्कका ७३ जना पर्यटक छन् ।यस्तै,सन् २०१७ मा ५२ हजार ४ सय ७५ मुस्ताङ आएकोमा २४ हजार ८ सय ८८ भारतीय पर्यटक भएको पर्यटन सहायक शिव पुर्जाले जानकारी दिए ।जसमा भारतियसहित सार्क मुलुकका २४ हजार ९ सय ७६ छन् ।पर्यटन सहायक पुर्जाका उनका अनुसार मुस्ताङ घुम्ने सार्क पर्यटकको तथ्याङ्क हेर्दा भारतीय बाहेक अन्य सार्क पर्यटक अत्यन्तै न्युन रहेको पाईएको छ ।


उपल्लो मुस्ताङलाई राष्ट्रिय प्रकृति संरक्षणकोष अन्तरगत निषेधित तथा नियन्त्रित क्षेत्र घोषित गरिएको छ ।कागबेनी देखि तल्लोक्षेत्र संरक्षितक्षेत्र अन्तर्गत पर्दछ ।सरकारले उपल्लो मुस्ताङको नियन्त्रितक्षेत्र जान सार्क तथा तेश्रो मुलुकका बिदेशी पर्यटकलाई ५ सय डलर प्रबेश शुल्क तोकेको छ ।चर्को शुल्क भएकाले बिदेशी पर्यटकको उपल्लो मुस्ताङ भ्रमण न्यून रहेको हो ।वर्सेनी ६० हजार बिदेशी पर्यटक मुस्ताङ आउदा जम्मा ८ प्रतिशतले मात्र उपल्लो मुस्ताङको भ्रमण गरेको एक्यापको तथ्याङ्कमा उल्लेख छ ।२०७२ सालको भुकम्पछि अर्थात सन् २०१५ मा २ हजार ६ सय ८६ जना ,सन् २०१६ मा ३ हजार १६ जना ,सन् २०१७ मा ४ हजार १ सय १५ जना र सन् २०१८ मा ३ हजार ९ सय १५ जना बिदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका हुन् ।

चालु वर्षको जनवरी देखि मे सम्ममा जम्मा ६ सय ४२ बिदेशी उपल्लो मुस्ताङ पुगे ।तर,संरक्षितक्षेत्र तल्लो मुस्ताङका लागि भने फरेनर र सार्क राष्ट्रलाई अगल अलग शुल्क तोकिएको पर्यटन सहायक पुर्जाले जानकारी दिए ।उपल्लो मुस्ताङमा बिदेशी पर्यटक उपस्थिती न्यून हुनु सरकारले चर्को प्रबेश शुल्क लिने गरेकाले यस्तो भएको उपल्लो मुस्ताङका पर्यटन व्यवसायीहरुको गुनासो छ ।उनीहरुले सरकारले सार्क मुलुकका बिदेशी पर्यटकलाई शुल्क घटाउन समेत माग गरेका छन् ।त्यसो त उपल्लो मुस्ताङ सम्म राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको सडक स्तरोन्नति भईरहेकाले कोरलानाका र लोमान्थाङ दरबार अवलोकन गर्न स्वदेशी पर्यटकको संख्यामा बृद्धि भईरहेको पाईएको छ ।


पोखरा – जोमसोम दैनिक १८ उडान ः

मुस्ताङमा विदेशी पर्यटक आगमन हुने सिजन जम्मा ७ महिना मात्र हो ।वर्सेनी मार्च,अप्रिल,मे,जुन , सेक्टेम्बर,अक्टुबर र नोभेम्बर महिनामा बिदेशी पर्यटक मुस्ताङ आउछन् ।मार्च देखि सुरु भएको बिदेशी पर्यटकको चाप थामिएको छैन ।यतिबेला दिनहु पोखरा जोमसोम हवाई सेवा १८ वडा सम्म उडान भर्दै आईरहेको तारा एयरलाईन्सका जोमसोम स्टेशन म्यानेजर सुजन लालचनले जानकारी दिए ।उनका अनुसार हवाई सेवा मार्फत मुस्ताङ आउनेमा ८० प्रतिशत भारतीय,१५ प्रतिशत तेश्रो मुलुक र ५ प्रतिशत नेपाली पर्यटक छन् ।


मुस्ताङमा तारा एयरलान्सले १२ महिना सेवा प्रवाह गर्दै आईरहेको स्टेशन म्यानेजर लालचनको भनाई छ ।हाल पोखरा जोमसोम उडानका लागि तारासहित समिट र नेपाल वायु सेवा निगमको जहाजले सेवा दिईरहेको छ ।तारा एयरलान्सका ४ ट्युनेटर र २ वटा डोनियर जहाज छन् ।नेपाल वायु सेवा तथा समिट एयरको हवाई उडान नियमित छैन ।

नेपाल वायु सेवाले मुस्ताङ जिल्ला सडक संञ्जालले जोडिएकाले प्राथमिकता नदेखाएको बुझिएको छ ।स्टेशन म्यानेजर लालचनले तारा एयरलान्सले आतेजाते १ हजार डलर उडान खर्च व्यवहोरेर सर्वसाधारणको सेवाका लागि हिउद ३ महिना घाटामा उडान भर्ने गरेको उल्लेख गरे ।उनका अनुसार पोखरा– जोमसोम एकतर्फी हवाई भाडादर विदेशीलाई १ सय २५ डलर,भारतीयलाई ८ हजार ४ सय ५० नेपाली र स्वदेशीलाई ४ हजार ५ सय ६५ र साधारण ३ हजार १५ रुपैया तोकेको छ ।

समाचार ःसमाधान दैनिकबाट