समाचार

ज्योतिष : मानव जीवनमा कति आवश्यक छ ?

साधारण भाषामा ज्योतिष भनेको ज्योति देखाउने कार्य हो । ज्योति अर्थात् दृष्टि अर्थात बाटो, पथप्रदर्शक । त्यसकारण ज्योतिषले व्यक्ति–व्यक्तिलाई र समग्र समाजलाई दृष्टि प्रदान गर्छ । ज्योतिष पूर्वीय दर्शनको अति नै महत्वपूर्ण पक्ष हो । यो दार्शनिक र व्यवहारिक रुपमा सशक्त विधा हो । वेदाङ्गमा ज्योतिषवेद पूर्वीय दर्शनको सर्वाधिक पुरानो र आधारस्तम्भ हो । त्यसैले वेदमा आधारित संस्कृतिलाई ‘सनातन वैदिक संस्कृति’ भनिन्छ । अर्थात् सनातनदेखि चलिआएको संस्कृति नै वैदिक संस्कृति… पुरा पढौ

बैतडीका वडा सदस्य मृत फेला

बैतडीको पुर्चौडी नगरपालिका– ३ का वडा सदस्य गणेश पार्की मृत फेला परेका छन् । पुर्चौडी नगरपालिका–१ स्थित राताशीला मन्दिर नजिक उनको शव आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिएका छन् । गएराति स्थानीय राताशीला मन्दिरमा जात्रा हेर्न गएका वडा ४५ वर्षीय सदस्य पार्कीको मृत्युबारे तत्काल थाहा हुन नसकेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

भारतको सडक भरी चाँदी नेपालबाट पुगेको आशंका

भारतको सीतामढी जिल्लास्थित सुरसन्डको ग्रामिण इलाकास्थित तीन किलोमिटर सडकखण्डमा चाँदी वर्षिएको छ । बुधबार बिहानै सडकमा मानिसको चहलपहल सुरु भएपछि सडकभरी चाँदी पाइएको हो । चाँदीका स–साना टुक्रा टिप्नका लागि मानिसहरु सडकमा ओइरिएका थिए । परीक्षणका क्रममा सडकमा भेटिएको चाँदी ‘शुद्ध’ पाइएको छ । यतिधेरै चाँदी सडकमा फेला परेपछि स्थानीय प्रशासनले पनि छानविन अघि बढाएको छ । स्थानीय बासिन्दालाई उद्धृत गर्दै केही भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबार राति नै सडकमा चाँदी… पुरा पढौ

करेन्ट लागेर १ को मृत्यु

झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्युहुनेमा अर्जुनधारा–३ कैजेरेका ५६ वर्षीय खम्बबहादुर सेन्चुरी रहेका छन्। आफ्नै घरको विद्युत्को तार सर्ट हुँदा बनाउने क्रममा बिहीबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका सेन्चुरीलाई उपचारका लागि अर्जुनधारास्थित शंकर अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ । पुरा पढौ

स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-५ स्थित पञ्चरत्न चोकमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ। चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार राति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। भरतपुरबाट मंगलपुरतर्फ जाँदै गरेको ना३६ प ९३२४ नंको स्कुटरले ती व्यक्तिलाई ठक्कर दिएको थियो। स्कुटरको ठक्करबाट घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।उनको सनाखत हुन सकेको छैन। स्कुटर चालक गैंडाकोट नगरपालिका-१० भेडावारी का २३ वर्षीय जनक कँडेल… पुरा पढौ

मलेसियामा बेहोस भएर १ नेपालीको मृत्यु

दुई वर्षअगाडि रोजगारीको सिलसिलामा मलेसिया गएका सप्तरीको तिरुहुत गाउँपालिका–३,का ३२ वर्षीय प्रमोद भिनवार यादवको मृत्यु भएको छ । मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर मृत्यु भएको उनका जेठान सुरेन्द्रकुमार यादवले जानकारी दिएका छन् । यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन् । पुरा पढौ

हरिवोधिनी एकादशी : यसरी उठ्छन् भगवान विष्णु

हरिबोधिनी एकादशीलाई यस वर्षको चाडपर्वहरुको खाता वन्द भएको विगुलकारुपमा लिने गरिन्छ । कोजाग्रत पूर्णिमाबाट बाल्न थालिएको आकाशे बत्तिलाई आजबाट बाल्न बन्द गरिने चलन पनि छ । हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीसवटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दूधर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक २२ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २२ गते शुक्रबार, इस्वीसंवत नभेम्वर ८ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको ठूलो एकादशी तिथि दिनमा १२ बजेर १८ मिनेटम्म रहनेछ । आज पूर्वभाद्रपदा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा व्यातिपात, करणमा भद्रा रहनेछ भने आनन्दादि योगमा बब… पुरा पढौ

पोखरामा मुहम्मदको जन्मोत्सव मनाइने

पोखराका इस्लाम धर्मावलम्बीले हजरत मुहम्मदको जन्मोत्सव एवं १२ रब्बिउल औवल पर्व मनाउने भएका छन् । १२ रब्बिउल औवल मूल आयोजक समितिको आयोजनामा शुक्रबारदेखि आइतबारसम्म विभिन्न कार्यक्रम गरिने भएको छ । ३ दिन कार्यक्रम गर्न हाजी अब्दुल रहिम मियाँको संयोजकत्वमा समिति गठन गरिएको छ । शुक्रबार विशाल शान्ति ¥याली निकालिने समितिका सदस्य सराफल अली मियाँले जानकारी दिए । मियाँपाटनबाट सुरु हुने ¥याली अमरसिंहचोक, हस्पिटलचोक हुँदै रानीपौवा पुगेर शितलादेवी, गौडामुख हुँदै फेरि… पुरा पढौ

प्रधानाध्यापक बसभित्र मृत फेला

बाजुरा जिल्लाकोे हिमाली गाउँपालिका–७ घर भएका स्वामिकात्तिक–१ रुडिस्थित रुपाली आधारभूत विद्यालयका प्रधानाध्याक दलबहादुर शाही मृत भेटिएका छन्। बुधबार कैलालीको धनगढीबाट बाजुरा मार्तडीका लागि छुटेको ना ६ ख १७९२ नं को बसमा चढेका शिक्षक बिहीबार बिहान ७ बजे मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। बिहान ७ बजे बाजुराको बूढीगंगा नगरपालिका– ४ स्थित मौरे प्रहरीचौकीमा बस जाँच गर्ने क्रममा आफ्नो सिटमै शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं