ताजा समाचार

कार्तिक २४ गते २०७६

बागलुङमा भरुवा बन्दुकसहित ४ पक्राउ

बागलुङमा भरुवा बन्दुकसहित चार जना पक्राउ परेको छन् ।

जिल्ला प्रहरी कार्यालय बागलुङले काठेखोला गाउँपालिका–५ बिहुँबाट उनीहरुलाई आज पक्राउ गरी उनीहरुको साथबाट एकनाले बन्दुक र सोही बन्दुकमा प्रयोग हुने छर्रा बरामद गरेको छ ।

पक्राउ पर्नेमा काठेखोला गाउँपालिका–५ का तिलक विक, रमेश घर्ती, खगेन्द्र घर्ती र जगत घर्ती रहेको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिएका छन् । उनीहरुलाई आजै जिल्ला प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान थालिएको छ ।