कास्की क्षेत्र ३ खका विकास योजनाबारे छलफल


गण्डकी प्रदेश सांसद राजीव पहारीले कास्की क्षेत्र नं. ३ खका नेकपा कार्यकर्ता तथा जनप्रतिनिधिसँग विकासका योजनाका विषयमा छलफल गरेका छन् । क्षेत्र ३ सँग सम्बन्धित वडा कमिटी, जनप्रतिनिधि, अगुवा तथा सामाजिक अभियन्तासँग शनिबार पहारीले छलफल गरेका हुन् ।

विकासको आवश्यकता क्षेत्रगत हिसाबले ठूलो भएकाले सबै ठाउँमा पु¥याउन नसकेको पहारीले बताए । उनी भन्छन्, ‘आवश्यकता धेरै छ तर क्षेत्र ठूलो भएकाले एकैचोटि सबै ठाउँमा पु¥याउन सकिएको छैन । हामीले अध्ययन पनि गरिरहेका छौं ।’ जनताका गुनासालाई आत्मसात गर्दै विकास नपुगेका ठाउँमा अवश्य विकास लैजाने उनले प्रतिवद्धता गरे । चुनावअघि सारिएका एजेन्डा पूरा गर्ने उनले विश्वास दिलाए ।

छलफलमा वडा कमिटी तथा जनप्रतिनिधिले आफ्नो क्षेत्रमा भएका गुनासालाई प्रस्तुत गरेका थिए । आफ्नो ठाउँमा भएका विकास तथा अब हुनुपर्ने विकासका बारेमा पनि सांसद पहारी समक्ष जनप्रतिनिधिले सुझाव दिए । सुझाव तथा गुनासो सुनुवाइ गर्दै पहारीले मतदाताको विश्वास नतोड्ने गरी निरन्तर काम गर्ने जनाए । उनले मंसिर १४ गते हुने प्रतिनिधिसभाको उपनिर्वाचन कास्कीबाट उठेकी विद्या भट्टराईलाई विजयी गराउन पनि आग्रह गरे ।

छलफलमा सांसद पहारीले क्षेत्र नं. ३ खमा सकिएका विकासका योजना र अब सुरु हुने योजनाका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा सोही क्षेत्रकी समानुपातिक सांसद मित्रकुमारी गुरुङ सुवेदी पनि सरिक थिइन् ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं