करेन्ट लागेर नवलपरासीमा १ को मृत्यु


नांगो तारमा प्रवाह भएको करेन्ट लागेर नवलपरासीको गैंडाकोटमा गएराति एक जनाको मृत्यु भएको छ ।

पराल बोकेको ना २ ख ९०७८ नम्बरको ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६ का २४ वर्षीय मतिराम महता थारूको नांगो तारमा प्रवाह भइरहेको करेन्ट लागेर ज्यान गएको हो ।

करेन्ट लागेर गम्भीर घाइते महतोलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं