समाचार

आलमको पक्षमा कांग्रेसकाे मौन जुलुस

शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ । वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै कांग्रेसले जुलस निकालेको हो । जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।जुलुसमा आलमको गृहनगर राजपुरका वासिन्दा बढी सहभागी थिए । पुरा पढौ

तातो खोलेमा परेर बालकको मृत्यु

इलाम माईजोगमाई–५ सोयाङका एक बालकको घरको आँगनमा पकाएर राखिएको खोलेमा परेर ज्यान गएको छ । सोयाङका प्रेमबहादुर राउतका दुई वर्ष तीन महीनाका छोरा मडित राउतको खोलेमा डुबेर ज्यान गएको हो । बुधबार आँगनको डब्बीमा राखेको खोलेमा परेर घाइते भएका बालकलाई इलाम अस्पतालमा उपचारका लागि लगिएको थियो । इलाममा उपचार हुन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित म्याक्स अस्पतालमा पु¥याइएका बालकको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पुरा पढौ

भारतबाट उद्धार गरिएकी महिलालाई परिवारको जिम्मा

एक नेपाली किशोरीलाई भारतबाट उद्धार गरी बिहीबार परिवारको जिम्मा लगाइएको छ । पाँच वर्षदेखि हराइरहेकी सप्तरीको बलान बिहुल गाउँपालिका–३ की २० वर्षीया रञ्जनकुमारी पासवानलाई परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घरबाट बेपत्ता पासवान २०७४ साल वैशाख १० गतेदेखि भारत विहारको अल्पबास गृह पूर्णियाको संरक्षणमा आश्रित थिइन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार सप्तरी प्रहरीले भारत विहारको पूर्णियाबाट पासवानलाई नेपाल ल्याई उनकी… पुरा पढौ

तिहार शुरु, आज काग तिहार

यस वर्षको तिहार अर्थात् यमपञ्चक आज शुक्रबारदेखि शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु भएको जनाएको हो । शुक्रबार यम दीपदान हुँदैछ ।  समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यसअघि नै विज्ञप्ति जारी गर्दै कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको थियो । समितिका अनुसार कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक ८ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक ८ गते बिहीबार, इस्वीसंवत अक्टोवर २५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको द्धादशी तिथि अहोरात्र रहनेछ । आज पूर्वाफाल्गुणी नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा ब्रहम, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

कागको पूजा किन गर्ने ? (यस्ता छन् रोचक प्रसंग)

यमपञ्चक समेत भनिने तिहारको ५ दिनमा क्रमैसँग काग, कुकुर, गाई, गोरु र आफना दाजुभाईको पूजा गरिन्छ । तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरि ५ दिन मनाइन्छ । यसको सुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ । तिहारको पहिलो दिनमा यमराजको दूत कागको पूजा गरिन्छ । काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन छ । हाम्रो नेपाली… पुरा पढौ

ढुंगेसाँघु सीतापाइला आमा समूहमा नयाँ नेतृत्व

ढुंगेसाँघु सीतापाइला आमा समूह पोखरा १७ महतगौंडाको छैटौं साधरणसभा तथा तेस्रो अधिवेशनले जुना गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ । समूहको उपाध्यक्ष इन्द्रामाया राना, सचिव सीता काफ्ले भण्डारी, सहसचिव लक्ष्मी शर्मा भण्डारी र कोषाध्यक्ष जुना मल्ल छन् । कार्यसमिति सदस्यमा देवी राना, धनकुमारी गुरुङ, मनमाया गुरुङ, कमला पाण्डे, इन्द्राशोभा घले, सूर्यकला गुरुङ, भीमकुमारी विक र सुन्तली मानन्धर छन् । यो आमा समूह २०६८ मा स्थापना भएको हो ।… पुरा पढौ

कमेरोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु

कमेरो खन्ने क्रममा पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ भने अन्य दुइजना घाइते भएका छन्। रोल्पा नगरपालिका–३ कमिरेधारामा तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएका हुन् । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी… पुरा पढौ

लागुऔषध सहित २ जना पक्राउ

उदयपुरबाट लागुऔषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय युवाहरुले आफ्नै कोठाबाट लागुऔषध बेचबिखन गरिरहेको भन्ने सूचना पाए पछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-११ का २८ बर्षीय उद्धव तामाङ र १८ बर्षीय सोभित चौधरीलाई पक्राउ गरेको हो । निजहरुको कोठा खानतलासी गर्दा कोठाबाट डाईजोल्याव १६ एम्पुल, नोर्फिन १६ एम्पुल, फेनारागन १६ एम्पुल, खाली सिरिन्ज ३ थान, कौडा १६ थान, डाईसको गोटी ६ थान र… पुरा पढौ

लिफ्टले थिचेर एक युवकको मृत्यु

लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु भएको छ । लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट आकास्मात चलेपछि काम गरिहेका पाँचथर घर भई दमक ८ बस्ने २५ बर्षीय सन्तोष मगरको मृत्यु भएको हो । झापाको दमकमा रहेको डिमेक्स कम्प्लेक्सको लिफट मर्मत गरिरहेका चाइन ग्रिलमा काम गर्दै आएका मजदुर राईको अकास्मात लिफ्ट सञ्चालन भएपछि थिचेर मृत्यु भएको प्रहरीले जनाएका छ । गम्भिर घाइत भएका राईलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु¥याएको भए पनि उपचार हुन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं