आफ्नै ६५ वर्षीया आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका ३ गोहीनीबाट शुक्रबार एक जनालाई पक्राउ गरेको छ ।
गत असोज ३० गते घरायसी विबादका क्रममा आमा कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कुटपिट बाट घाइत भएकी कैलाशीको उपचारको क्रममा गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले दीर्घ नारायणलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






