आलमको पक्षमा कांग्रेसकाे मौन जुलुस

शुक्रबार नेपाली कांग्रेसले रौतहटमा मौन जुलुस निकालेको छ ।

वम विस्फोटका घाइतेहरुलाई जिउँदै इँटा भट्टामा जलाएको आरोपमा आलमममाथि अनुसन्धान भइरहेकै बेला घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै कांग्रेसले जुलस निकालेको हो ।

जुलुसका सहभागीले नाराबाजी नगरे पनि विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।जुलुसमा आलमको गृहनगर राजपुरका वासिन्दा बढी सहभागी थिए ।