समाचार

चक्कु प्रहार गर्ने सिटी सफारी चालक पक्राउ

विराटनगरमा बिहीबार बिहान महिलामाथि चक्कु प्रहार गर्ने सिटी सफारी चालक पक्राउ परेका छन् । सिटी सफारी चार्ज गरेको विषयमा विवाद हुँदा विराटनगर महानगरपालिका–१० सोमबारे हाटका ३३ वर्षीय मेघराज मण्डलले छिमेकी ३४ वर्षीय मायादेवी मण्डलको टाउकोमा चक्कु हानेका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुकाअनुसार घटनामा घाइते भएकी महिलाको कोसी अस्पतालमा उपचार भइरहेको छ । घाइतेको टाउको चारवटा टाँका लगाइएको छ । मेघराजले आफ्नो सिटी सफारी लुकाएर मायादेवीको घरमा जोडेको… पुरा पढौ

पत्रकारलाई दशैँ पेश्की दिन महासङ्घको माग

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले चाडपर्व नजिकिँदै गर्दा समेत एकाधबाहेक ठूला सञ्चारगृहले अहिलेसम्म श्रमजीवी पत्रकार ऐनबमोजिमको न्यूनतम पारिश्रमिक तथा दशैँ पेश्की उपलव्ध नगराएकामा आपत्ति जनाएको छ । ती सञ्चारगृहले सूचना तथा प्रसारण विभागको प्रेसपास प्रयोजनार्थ पत्रकारको तलबी विवरण अझैसम्म पनि नबुझाएको प्रति पनि शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सबैभन्दा धेरै पत्रकार आवद्ध रहेको सो शाखाका अध्यक्ष शान्तराम बिडारीले विज्ञप्ति जारी गरी बढ्दो महङ्गीलाई ध्यान दिई स्वरोजगारमुखी तथा साना… पुरा पढौ

चाबहिलबाट अवैध सुनसहित दुई जना पक्राउ

नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेकासँग प्रहरीले १६ तोला १४ लाल सुन बरामद गरेको छ । उक्त… पुरा पढौ

पोखरा २२ का ज्येष्ठ नागरिक सम्मानित

२५ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा २२ का ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् । आदर्श ज्येष्ठ नागरिक समितिले मंगलबार कार्यक्रम गरी ७५ वर्ष पुगेका ६ जनालाई नगद र दोसल्लासहित सम्मान गरेको हो । सम्मानित हुनेमा पार्वती बराल, खत्तरी बराल, बामदेवी विक, प्रजापति बराल, तीलकुमार पौडेल र होमनाथ बराल छन् । कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद बराल जीवनले राज्यले ज्येष्ठ नागरिकलाई भक्ता दिनु भनेको सम्मान गरेको भएको बताए । पुम्दीभुम्दीमा… पुरा पढौ

नवरात्रिको चौथो दिन : कुष्माण्डाको पूजा

नवरात्रिको चौथो दिन देवी कुष्माण्डाको पूजा गरिन्छ। आफ्नो मदमाधुर्यको बलले अण्ड यानी ब्रह्माण्ड उत्पन्न गरेकोले यी देवीको नाम कुष्माण्डा भनिएको हो। जतिबेला सृष्टि गरिएको थिएन, चारै तर्फ अन्धकारै अन्धकार थियो, तव यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिईन्। त्यसैले कुष्माण्डालाई सृष्टिको आदिस्वरुपा र आदि शक्तिकी देवी पनि भन्ने गरिएको छ। यी देवीको आठवटा हात रहेको छ। यिनलाई त्यसैले अष्ठभूजा पनि भन्ने गरिएको छ। यिनको सातवटा हातमा क्रमशः कमण्डलु, धनुष,… पुरा पढौ

नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष घुससहित पक्राउ

नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुससहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग १० हजार लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो । पोखरा बुद्ध चोक नजिकैबाट रंगेहात नियन्त्रणमा लिई भण्डारीमाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । पुरा पढौ

खैरो हिरोइनसहित ३ पक्राउ

पोखरा १० बुद्धचोकबाट ३ जना खैरो हिरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका २२ वर्षीय नारायण कार्की र पोखरा १० का खिलेन्द्र गुरुङ र विवेक खड्का छन् । हिडिरहेका उनीहरुलाई शंकास्पद ठानेर वडा प्रहरी कार्यालय रामबजारको टोलीले खानतलासी गर्दा १५ ग्राम खैरो हिरोइन फेला परेको हो । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मी बताए । पुरा पढौ

जलविद्युत् आयोजनाको स्टोरमा आगलागी हुदा करोडौंको क्षती

रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको भण्डारण कक्षमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब ५ करोड रुपैयाँ बराबरका सामान क्षति भएको अनुमान गरिएको छ । रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार उक्त आयोनजाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा राति ११ बजे आगलागी भएको हो । जस्ताले छाएको एक तले भवनमा भएको आगलागीले तीन थान कम्प्रेसर मेशिस, ७–८ सय थान प्लाई, फलामका पाइलगायत विभिन्न सामान जलेर नष्ट भएको… पुरा पढौ

अनलाइन टिकटिङमा बढ्दो आकर्षण, सरकारले सहयोग गरे एकजना पनि लाइन बस्नुपर्दैन : बससेवा

नेपालीहरूको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आ–आफ्नो घरमा जाने चटारो सुरू भएको छ । दशैँको अग्रिम टिकट बुकिङ खुल्ला भएपछि मानिसहरू राति नै गएर बस टिकटका लागि लाइन लाग्ने गरेका छन् । पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि अनलाइन टिकटिङमा पनि आकर्षण बढेको छ । अघिल्लो वर्षमा करिब ४ हजार जनाले अनलाइन टिकट काटेका थिए । तर यो वर्ष बुकिङ खुलेको एक सातामै करिब १० हजार जनाले टिकट… पुरा पढौ

छोरालाई स्टील झुसले रगडेर ढाडमा नुन खोर्सानी

थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाइएको छ । स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडाअध्यक्ष फुर्तीमान तामाङले जानकारी दिएका छन् । उनका अनुसार बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संयोग राई, १३ र १५ वर्षीय छोरा र छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं