समाचार

निर्माणाधिन सडकको नालामा बालकको शब फेला

इटहरी १२ खनार पुरानो ट्रान्सपोर्ट नजिकै एक बालकको शब फेला परेको छ । निर्माणाधिन ६ लेन सडकको नालामा इटहरी १४ का हरि गुरुङका ७ बर्षीय छोरा कृष्ण गुरुङको शब फेला परेको हो । असोज १० गतेबाट हराएका उनको शब सडकको नालामा डुबेको अवस्थामा सोमबार फेला परेको ईलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । घटनाको थप छानबिन भइरहेको छ । पुरा पढौ

आजको राशिफल (२०७६ आश्विन १५ गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ आश्विन १५ गते बुधबार, इस्वीसंवत अक्टोवर २ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार आश्विनशुक्लदुर्गापक्ष चलिरहेको छ । सौरमान अनुसार आज आश्विनशुक्लदुर्गापक्षको चतुर्थी तिथि अहोरात्र रहनेछ । आज स्वाती नक्षत्र रातिमा ९ बजेर ४७ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा वैधृति, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा ध्वज… पुरा पढौ

असफलद्वारा गौरीमाया स्मृति कोष घोषणा

गौरीमायाका साथमा साहित्यकार असफल गौतम । साहित्यकार असफल गौतमले आमा गौरीमायाको स्मृतिमा गौरीमाया स्मृति कोष घोषणा गरेका छन् । आमा गौरीमायाको ४५ औं दिनको पुुण्यतिथिमा सोमवार असफलले कोष स्थापना गरेका हुन् । उक्त कोषबाट हाललाई आफूले छ कक्षादेखि १० सम्म अध्ययन गरेको जनप्रिय माध्यमिक विद्यालय स्याङ्जा भाटखोलामा उत्कृष्ट अंक ल्याएर १०+२ तह नियमित उत्तीर्ण हुने जेहेन्दार विद्यार्थीलाई वार्षिक पाँच हजार एक सय नगद राशि, सम्मानपत्र र दोसल्लासहित सम्मान अर्पण गर्ने… पुरा पढौ

बस खोलामा खस्दा २ जनाको मृत्यु

पूर्वी रोल्पाको लुंग्री खोलामा बस खस्दा २ जनाको मृत्यु भएको छ। आशिर्वाद यातायातको ग १ ख ५५७३ नम्बरको बस सोमबार दिउँसो खोलामा खस्दा चालकसहित एक यात्रुको मृत्यु भएको हो। मृत्यु हुनेमा चालक लुंग्री गाउँपालिका–३ जुतुङखोलाका २२ वर्षे यामबहादुर घर्ती र यात्रु लुंग्री गाउँपालिका–२ सिर्पका १९ वर्षे सूर्यलाल जीएम रहेका छन्। सुनिलस्मृति गाउँपालिका–३ रुइनीबाङ जिपपार्कदेखि उत्तर तर्फबाट बस खोलामा खसेको प्रहरीले जनाएको छ। गाडी फर्काउने क्रममा बस सिधै खोलामा खसेको हो।… पुरा पढौ

सडक निर्माणको माग गर्दै चक्काजाम

जोरपाटी–शङ्खरापुर सडक सरोकार समितिले तत्काल सडक बनाउन माग गर्दै आज साँखुमा चक्काजाम गरेका छन् । निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेको भन्दै थलीका बासिन्दा आन्दोलनमा उत्रेका हुन् । लामो समयदेखि साँखु–चाबहिल सडकखण्ड निर्माणमा ढिलाइ भएको र यात्रुले सास्ती खेप्नु परेको भन्दै दबाब दिन स्थानीयवासीले सडक ठप्प पारेका हुन् । वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालिएको हो । चाबहिलबाट साँखु जाने सडक कालोपत्र नगरेका कारण दबाब… पुरा पढौ

मार्बलले च्याप्दा मजदूरको मृत्यु

गोरखा नगरपालिका–६ स्थित हरमटारीमा निर्माणाधीन भवनको मार्बल झार्ने क्रममा च्यापिएर एक मजदूरको मृत्यु भएको छ । भूकम्पले क्षति पुयाएपछि निर्माणाधीन जिल्ला अदालत गोरखाको भवनका लागि ल्याइएको मार्बल झार्ने क्रममा सिरहा मोतीपुर घर भएका ३० वर्षीय नागेन्द्र शाहानीको च्यापिएर गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिएका छन् । ट्रकभित्र मार्बल अनलोड गर्न पसेका बेला एकातिरको सामान निकाल्दै गर्दा अर्कोपट्टिको मार्बल बण्डल झरेर शाहानीको… पुरा पढौ

चितवन पोखरा सम्पर्क समाजमा शुभकामना आदानप्रदान

चितवन पोखरा सम्पर्क समाजले विजयादशमी, दीपावली, नेपाल संवत तथा छठ पर्वको अवसरमा समाजका सदस्यहरुको बिचमा शुभकामना आदान ्रदान कार्यक्रम गरेको छ । पोखरा ट्रेड मलका संचालक तथा कफ्ले समाज गण्डकी प्रदेशका अध्यक्ष कृष्ण काफ्लेले कार्यक्रम उद्घाटन गरे । उनले चितवन पोखरा सम्पर्क समाजले गरेकोे कार्य प्रशंसनीय भएको उल्लेख गरे । कार्यक्रममा साहित्यकार पोषराज पौडेल, जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख मुरारी मिश्र, मदिरा व्यवसायी संघका अध्यक्ष रुपनारायण भुजेल, प्रा.डा. सूर्यमणि अधिकारी… पुरा पढौ

छोरेपाटनमा दुर्गा पूजा महोत्सव सुरु

पोखरा १७ छोरेपाटन स्थित दुर्गा मन्दिरमा आइतबारदेखि दुर्गा पूजा महोत्सव सुरु भएको छ । मन्दिर परिसरबाट १ सय ८ घडा, बाजागाजा, भजनकीर्तनसहित निस्केको शोभायात्रा शीतलचौतारी, डेभिडफल, बेलचौतारा हुँदै मन्दिरमै पुगेको थियो । शोभायात्रा वडाध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरे । उलने मन्दिरको संरक्षणका लागि वडाले सहयोग गर्ने प्रतिबद्धता जनाए । दुर्गा मन्दिर व्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष खुमबहादुर लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा छोरेपाटन टोल विकास समिति अध्यक्ष चूडामणि बराल, मन्दिर सचिव विजयकुमार… पुरा पढौ

मुख्यमन्त्रीको नक्कली फेसबुक आइडीप्रति ध्यानाकर्षण

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ। मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव खेमबहादुर सिंहले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उक्त नक्कली फेसबुक अकाउन्टको भ्रममा नपर्न आग्रह गरेका छन्। विज्ञप्तिमा , सामाजिक सञ्जालको दुरुपयोग गर्दै माननीय मुख्यमन्त्रीज्यूको चरित्रहत्या गर्ने तथा आफ्नो व्यक्तिगत स्वार्थ पूर्तिगर्ने उद्देश्यका साथ नक्कली आइडीबाट विभिन्न व्यक्ति तथा निकायमा च्याट सम्पर्कमार्फत अवाञ्छित निर्देशन तथा… पुरा पढौ

बागलुङेबीच शुभकामना साटासाट

बागलुङका विभिन्न स्थानमा घर, जन्मस्थान भाई अहिले पोखरामा रहेकाहरुले आपसमा चाडपर्वको शुभकामना आदानप्रदान गरेका छन् । बागलुङ समाज पोखराले आइतबार आयोजना गरेको कार्यक्रमका सहभागीले दसैं, तिहार, नेपाल संवत, छठ लगागतका पर्वको शुभकामना साटासाट गरेका हुन् । २०५७ सालमा स्थापना भएको समाजले हरेक वर्ष घटस्थापनाका दिन शुभकामना आदानप्रदान समारोह गर्दै आएको छ । कार्यक्रममा समाजका पूर्व अध्यक्ष, सल्लाहकार, कार्यसमिति, आजीवन सदस्य, साधारण सदस्य लगायत सहभागी थिए । समाजका अध्यक्ष कुलचन्द्र शर्माको… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं