ताजा समाचार

असाेज १४ गते २०७६

जलविद्युत् आयोजनाको स्टोरमा आगलागी हुदा करोडौंको क्षती

रसुवास्थित रसुवागढी जलविद्युत् आयोजनाको भण्डारण कक्षमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब ५ करोड रुपैयाँ बराबरका सामान क्षति भएको अनुमान गरिएको छ ।

रसुवा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक हेमन्तविक्रम थापाका अनुसार उक्त आयोनजाको ड्याम साइडमा रहेको सिभिलतर्फको स्टोरमा राति ११ बजे आगलागी भएको हो ।

जस्ताले छाएको एक तले भवनमा भएको आगलागीले तीन थान कम्प्रेसर मेशिस, ७–८ सय थान प्लाई, फलामका पाइलगायत विभिन्न सामान जलेर नष्ट भएको उनले जानकारी दिए । आगलगाीबाट क्षतिको यकिन मूल्यांकन हुन बाँकी रहे पनि आयोजना पक्षले ५ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ ।

आगलागी भएको खबर पाउना साथ प्रहरी टोली गएर राति साढे ११ बजे आगलागी नियन्त्रणमा लिएको थियो ।आगलागी कसरी भयो भन्नेबारेमा प्रहरीले अनुक्सन्धान गरीरहेको छ। ।


Loading...