ताजा समाचार

असाेज १५ गते २०७६

पोखरा २२ का ज्येष्ठ नागरिक सम्मानित

२५ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा पोखरा २२ का ज्येष्ठ नागरिकहरु सम्मानित भएका छन् ।

आदर्श ज्येष्ठ नागरिक समितिले मंगलबार कार्यक्रम गरी ७५ वर्ष पुगेका ६ जनालाई नगद र दोसल्लासहित सम्मान गरेको हो । सम्मानित हुनेमा पार्वती बराल, खत्तरी बराल, बामदेवी विक, प्रजापति बराल, तीलकुमार पौडेल र होमनाथ बराल छन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद बराल जीवनले राज्यले ज्येष्ठ नागरिकलाई भक्ता दिनु भनेको सम्मान गरेको भएको बताए । पुम्दीभुम्दीमा १ मात्र भए पनि ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र खोल्न आग्रह गरे । उनले त्यसका लागि आफूले पनि यथाशक्य सघाउने प्रतिवद्धता गरे । उनले समितिलाई ५ हजार नगद प्रदान गरे ।

समितिका अध्यक्ष खडानन्द बरालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा २२ वडाध्यक्ष मित्रलाल बराल, वडा सदस्यहरु मातृका बराल र सीता विक, रेडक्रसका प्रतिनिधि गणेश भट्टराई, समितिका उपाध्यक्ष बुद्धिराम परियार, जिल्ला सहकारी समन्वय समितिका नवराज बराल, शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बराल, नेकपा पोखरा २२ अध्यक्ष चण्डिका बराल, समितिका व्यवस्थापक भवानीप्रसाद बराल लगायतले बोलेका थिए ।

हरिप्रसाद पौडेलले गीत सुनाएर वृद्धहरुलाई मनोरञ्जन दिलाएका थिए ।


Loading...