नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष घुससहित पक्राउ

नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुससहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कार्य गरिदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले भण्डारीलाई सेवाग्राहीसँग १० हजार लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरेको हो ।

पोखरा बुद्ध चोक नजिकैबाट रंगेहात नियन्त्रणमा लिई भण्डारीमाथि अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।