ताजा समाचार

असाेज १४ गते २०७६

छोरालाई स्टील झुसले रगडेर ढाडमा नुन खोर्सानी

थुुलुङदुधकोशी गाउँपालिका ६ मुक्लि चारघरेमा बाबुद्धारा तीन जना छोराछोरी माथि मरासन्न हुनेगरि चरम याताना दिने गरेको पाइएको छ ।

स्थानीय ४२ वर्षीय तीर्थ राईले कान्छी श्रीमतीसगँ मिलेर जेठी श्रीमति पट्टिका छोराछोरीलाई बारम्बार चरम यातना दिने गरेको वडाअध्यक्ष फुर्तीमान तामाङले जानकारी दिएका छन् ।
उनका अनुसार बाबु तीर्थ राईले लामो समय देखि ९ वर्षीय छोरा संयोग राई, १३ र १५ वर्षीय छोरा र छोरीहरुलाई शारीरिक तथा मानसिक यातना दिने गरेको वडा कार्यालयमा उजुरी दर्ता भएको छ।

पटक पटकको यातना सहन नसकेर पीडित बालकहरुले वडा कार्यलयमा सोमबार ज्यान बचाईदिन आग्रह गर्दै उजुरी दर्ता गराएका छन् । निर्दयी बाबाले ९ वर्षीय छोरालाई भाँडा माझ्ने स्टीलझुसले ढाँडमा रगडेर खोर्सानी र नुन लगाउनुका साथै सिस्नो पानीले समेत हिर्काएका कारण ती बालको ढाँडमा घाउँ भएको छ । अहिले घाउँ पाक्ने अवस्थामा पुगेको उपचारमा संलग्न जिल्ला अस्पताल फाप्लुका चिकित्सकले बताएका छन् ।

त्यस्तै १३ वर्षिया छोरीको पनि बाबुको पिटाईबाट १० महिना अघि हात भचिएको थियो । आफ्नै बाबुको कुटाईबाट हात भच्चिएपनि त्रासका कारण ढाटेर उपचार गराएको पिडित बालिकाले वडा कार्यलयमा बयान दिएकी छन्।


Loading...