ताजा समाचार

असाेज १४ गते २०७६

खैरो हिरोइनसहित ३ पक्राउ

पोखरा १० बुद्धचोकबाट ३ जना खैरो हिरोइनसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका २२ वर्षीय नारायण कार्की र पोखरा १० का खिलेन्द्र गुरुङ र विवेक खड्का छन् ।

हिडिरहेका उनीहरुलाई शंकास्पद ठानेर वडा प्रहरी कार्यालय रामबजारको टोलीले खानतलासी गर्दा १५ ग्राम खैरो हिरोइन फेला परेको हो । पक्राउ परेका सबै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीपक रेग्मी बताए ।


Loading...