पोखरा १७ सीतापाइलाको समृद्धि टोलका बासिन्दाले आपसमा शुभकामना साटासाट गरेका छन् । दसैं, तिहार, नेपाल संवत, ल्होसार लगायतका पर्वको अवसरमा समृद्धि महिला समूह र समृद्धि टोल विकास संस्थाले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् ।
कार्यक्रमका वक्ताहरुले टोल, छिमेक नै मानिसका सबैभन्दा नजिकका आफन्त भएको चर्चा गर्दै आपसी सद्भाव, सहकार्य र आत्मीयता वृद्धि गर्नुपर्नेमा जोड दिए । समूहका अध्यक्ष माधव पनेरुले सामूहिक एकता कायम गरी विकास, निर्माण र सभ्यता विकासका लागि टोल विकास संस्था महात्वपूर्ण भएको बताए ।

कार्यक्रममा महिला समूहका कार्यवाहक अध्यक्ष मीना पौडेल, सचिव अनिषा बराल, सदस्य देवी अधिकारी लगायतले बोलेका थिए ।






