ताजा समाचार

असाेज १६ गते २०७६

मुख बाँधेको अवस्थामा महिलाको शव फेला

महोत्तरीमा एक महिलाको मुख बाँधिएको र शरीरभर चोटपटक लागेको अवस्थामा शव फेला परेको छ ।

अन्दाजी ३५ वर्षको जस्तो देखिने महिलाको शब गौशाला नगरपालिका–१० थापाटोलस्थित मरहा नदीको किनारमा बिहीबार बिहान फेला परेको हो ।

शवको प्रकृति हेर्दा कसैले बलत्कार गरेर हत्या गरेको हुन सक्ने देखिएको महोत्तरी प्रहरीले जनाएको छ । मृतकको मुख बाँधिएको र शरीरको विभिन्न भागमा चोटपटक देखिएका कारण बलात्कारपछि हत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ ।महिलाको शव पहिचान गर्न घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Loading...