असाेज १६ गते २०७६

ताजा समाचार

असाेज १६ गते २०७६

युआरएल पत्रकारिता पुरस्कार छनोट समिति



स्वास्थ्य बिटमा कलम चलाउने उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्न युआरएल पत्रकारिता पुरस्कार प्रतिभा छनोट समिति गठन भएको छ । अग्रज पत्रकार हरि बास्तोलाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको हो ।

समितिका सदस्यमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. नवराज पौडेल, नेपाल पत्रकार महासंघ कास्की सहसचिव दीपक परियार, अधिकारकर्मी रामबहादुर पौडेल र पत्रकार यदुनाथ बञ्जारा छन् ।

समितिले गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ पत्रकारलाई पुरस्कार दिने निर्णय गर्ने छ । पुरस्कारको राशि नगद १५ हजार, ताम्रपत्र र दोसल्ला छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याबोरेटरी युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले यो पुरस्कार स्थापना गरेको हो ।

छनोट समितिले सिफरिस नभई निर्णय नै गर्ने र छनोट भएका प्रतिभालाई वार्षिकोत्सवमा हुने विशेष समारोहमा पुरस्कृत गरिने युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिए ।