ताजा समाचार

असाेज १६ गते २०७६

दसैंमा लक्षित वर्गलाई मानवीय सेवा अभियानको खाद्यान्न

मानविय सेवा अभियान नेपालले दशैकाे अवसरमा लक्षित वर्गलाइ खाध्यसामाग्री सहयोग गरेकाे छ । तराईबाट विस्थापित भएर पाेखरामा कष्टकर जीवनयापन गरिरहेका १४ घरका १ सय २२ जनालाई खाध्यसामाग्री वितरण गरिएको हाे ।

चामल, दाल, नुन,तेल,मस्याैरा, अालु, अाटा ,दन्तमञ्जन, सावुन लगायत २५ हजार बराबरको खाध्यसामाग्री सहित फलफुल वितरण गरिएको हाे । खाध्यान्न हस्तान्तरण गर्दै अभियनका अध्यक्ष तथा अभियन्ता सुष्मा पाैडेलले दशैका अवसरमा कष्टकर जीवनयापन गर्दै अाएका तराई मुलका नेपालीको अनुहारमा थाेरै भएपनी खुसीयाली ल्याउन उक्त कार्यक्रम अायाेजना गरिएको बताइन् ।

साथै छाेराछाेरीलाइ माग्ने कार्यमा नलगाउन अनुराेध गर्दै विद्यालय भर्ना गर्नुपर्ने अावश्यकता अाैलाइन् । कार्यक्रम संयाेजक उपाध्यक्ष मेधमान श्रेष्ठले यस कार्यमा सहयोग गर्ने सम्पुर्ण सहयाेगीहरुलाइ धन्यवाद दिदै मानवीयता नै सबैभन्दा ठुलाे धर्म भएको बताए । कार्यक्रममा सल्लाहकार माधव पहारी, सचिव सावित्री शर्मा काेषाध्यक्ष लालशिव याेगी, सदस्यहरु दिपा पाैडेल,करुणा गुरुङ,हिमालय बख्रेल सहित लक्ष्मी थापा,दुर्गा रञ्जित र सविना बस्नेतले लगायतलेसंयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए ।

मानविय सेवा अभियानले पुराना लगाउन मिल्ने कपडा संकलन गरि लक्षित बर्गलाइ वितरण गरिरहेकाे छ । साथै बाटाेमा बेवारिसे अवस्थामा रहेकालाई पुनस्थापना गर्नुकाे साथै परामर्श समेत प्रदान गर्दै अाएकाे सचिव सावित्री शर्माले वताइन ।


Loading...