समाचार

स्काभेटरले किच्दा एक जनाको मृत्यु

बैतडीमा स्काभेटरले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–५ पेलेका ५५ वर्षीय शुक्रसिंह पुजारा रहेका छन् । स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ । स्काभेटर चालक शेरीसिंह बोहरा फरार छन् । फरार चालकको खोजी र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पुरा पढौ

घर भत्काउदा घाइते भएका एकको मृतु

चाबहिलस्थित मूल सडक छेउको पुरानो घर भत्काउने क्रममा बुधबार घाइते भएका कामदारको मृत्यु भएको छ । पुरानो घरलाई भत्काउने क्रममा एक्कासि भित्तो खसेर लाग्दा २६ वर्षीय दीपक तामाङ घाइते भएका थिए । चाबहिलस्थित दीर्घायु अस्पताल लगिएका तामाङको उपचारका क्रममा मृत्यु भएको महानगरी प्रहरी वृत्त गौशालाले जनाएको छ । भित्तो खस्दा घाइते भएका अर्का कामदार रामबहादुर कुँवरको अवस्था भने सामान्य रहेको छ । पुरा पढौ

विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ

सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहका काभ्रे जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई प्रहरीलेपक्राउ गरेको छ। पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै थोकरलाई गए राति १२ बजे जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । ३२ वर्षीया थोकरले हालै मात्र विप्लव समूहको काभ्रे जिल्लाको सक्रेटरीको जिम्मेबारी पाएका थिए । पुरा पढौ

भाइटीकाको साइत कुन देशमा कति बजे ?

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यही कात्तिक १२ गते (अक्टोबर २९)को भाइ टीकाको साइतको समय ठाउँअनुसार फरक फरक तोकेको छ ।  यसअघि दसैंको साइतसमेत सो समितिले यसैगरी तोकेको थियो । त्यतिबेला कतिपय देशमा टीकाको साइतको दिन नै फरक परे पनि यसपालि भने एउटै तिथीमा भाइटीका परेको छ तर समय भने फरक रहेको छ । सो समितिको बैठकपछि सभापति प्रा.डा. माधव भट्टराई र सदस्य सचिव आचार्य सन्तोष बशिष्ठद्वारा जारी गरिएको संयुक्त वक्तव्यमा… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक ७ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक ७ गते बिहीबार, इस्वीसंवत अक्टोवर २४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिककृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिककृष्णपक्षको एकादशी तिथि अहोरात्र रहनेछ । आज मघा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शुभ, करणमा बब रहनेछ भने आनन्दादि योगमा मुशल रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

घर भत्काउने क्रममा दुई घाइते

चाबहिलस्थित केएल टावर नजिकै पुरानो घर भत्काउने क्रममा आज एक्कासि संरचना खस्दा दुई जना घाइते भएका छन् । घर भत्काउने काम गर्ने मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए। घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । एक जनाको… पुरा पढौ

करेन्ट लागेर एक वृद्धको मृत्यु

भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्की राख्ने स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो । स्ट्याण्डलाई फलामको भ¥याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन जाँदा गारेलाई करेन्ट लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक… पुरा पढौ

बढ्यो शव अन्त्येष्टि शुल्क

घाट सेवा केन्द्रका कर्मचारीहरुको सेवा सुविधा बढाउने सहमति गरेकै दिनदेखि पशुपति क्षेत्र विकास कोषले आर्यघाटमा शव अन्त्येष्टि गर्दा लाग्ने शुल्क बढाएको छ । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। प्रदीप ढकालले नौ वर्षदेखि नबढेको शुल्क बुधबारबाट शव दाह गरेको शुल्कमा ३ सय रुपैयाँ बढाएर १५ सय पुर्‍याएको बताए । यसैगरी दाउरा बोक्ने र शव बोक्ने शुल्कमा समान २–२ सय रुपैयाँ बढेको छ । यसअघि यो शीर्षकमा चार–चार सय शुल्क… पुरा पढौ

पशुपति आर्यघाटका कामदार आन्दोलिनत

पशुपति आर्यघाटका कामदारहरू आन्दोलनमा उत्रिएका छन् । आफूहरूको माग पूरा नभए अनिश्चितकालसम्मका लागि पशुपतिमा दाहसंस्कार गर्ने काम बन्द गर्ने चेतावनी समेत दिएका छन्। घाट सेवा केन्द्रका सम्पूर्ण कामदारका नाममा ब्यानर सूचना जारी गर्दै उनीहरूले आफूहरूको माग पूरा नभए आजै (बुधबार)देखि शव दाह गर्ने, दाउरा बोक्ने र खाल्डो खन्नेलगायत दाहसंस्कारका सबै काम बन्द गर्ने चेतावनी दिएका हुन्। तर पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले अहिले बिहान ११ बजेका लागि वार्तामा बोलाएकाले त्यस… पुरा पढौ

बहुमुल्य कस्तुरीको बीनासहित दुई भारतीय पक्राउ

कस्तुरीको बीनासहित सिरहाको बरियारपट्टीबाट दुई भारतीय नागरिक पक्राउ परेका छन् । नेपालबाट भारतर्फ मङ्गलबार साँझ जाँदै गरेको बीआर ३२ वाई २६९५ नंको स्कुटीलाई शङ्का लागेर जाँच गर्दा कस्तुरीको बीना बरामद भएपछि सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बरियारपट्टीको टोलीले मोटरसाइकलमा सवार भारतको मधुवनी जिल्लाको पथरी निवासी २८ वर्षीय ओमकुमार ओम र २७ वर्षीय सत्यमकुमार सिंहलाई पक्राउ गरेको हो । जाँच गरेपछि कस्तुरीको बीना बरामद भएकाले दुवैलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं