लिफ्टले थिचेर एक युवकको मृत्यु

लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु भएको छ । लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट आकास्मात चलेपछि काम गरिहेका पाँचथर घर भई दमक ८ बस्ने २५ बर्षीय सन्तोष मगरको मृत्यु भएको हो ।

झापाको दमकमा रहेको डिमेक्स कम्प्लेक्सको लिफट मर्मत गरिरहेका चाइन ग्रिलमा काम गर्दै आएका मजदुर राईको अकास्मात लिफ्ट सञ्चालन भएपछि थिचेर मृत्यु भएको प्रहरीले जनाएका छ ।

गम्भिर घाइत भएका राईलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु¥याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । रिफर गरिएका उनलाई प्रतिष्ठान ल्याउने क्रममा विहान ११ बजे बाटोमा मृत्यु भएको प्रतिष्ठान प्रहरीले जनाएका छ ।