तिहार शुरु, आज काग तिहार

यस वर्षको तिहार अर्थात् यमपञ्चक आज शुक्रबारदेखि शुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक शुरु भएको जनाएको हो । शुक्रबार यम दीपदान हुँदैछ । 

समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यसअघि नै विज्ञप्ति जारी गर्दै कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको थियो ।

समितिका अनुसार कात्तिक ९ गते शनिबार कागतिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा र कात्तिक १२ गते मङ्गलबार गोवद्र्धनपूजा, यमद्वितीया, भाईटीका, किजापूजा र नेपालसंवत् मनाउनुपर्ने समितिले जनाएको छ।

समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका विद्वानसँगको राय सुझावपछि तिहार पर्वको सम्बन्धमा निर्णय गरेको बताएको छ । समितिले भ्रममा नपरी १२ गते नै भाइटीका लगाउन आग्रह गरेको छ ।