कमेरोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु

कमेरो खन्ने क्रममा पहिरोमा परी रोल्पामा एक किशोरीको मृत्यु भएको छ भने अन्य दुइजना घाइते भएका छन्।

रोल्पा नगरपालिका–३ कमिरेधारामा तिहारका लागि घर रङ्गाउने कमेरो खन्ने क्रममा सुनिल स्मृति गाउँपालिका–५ काभ्राकी १८ वर्षीया पवित्रा सेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा सोही ठाउँका २२ वर्षीया भावना रोका र २२ वर्षीया सीता घर्ती घाइते भएका हुन् । रोकाको छातीमा र घर्तीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले बताएका छन् ।