ढुंगेसाँघु सीतापाइला आमा समूहमा नयाँ नेतृत्व

ढुंगेसाँघु सीतापाइला आमा समूह पोखरा १७ महतगौंडाको छैटौं साधरणसभा तथा तेस्रो अधिवेशनले जुना गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति निर्वाचित गरेको छ ।

समूहको उपाध्यक्ष इन्द्रामाया राना, सचिव सीता काफ्ले भण्डारी, सहसचिव लक्ष्मी शर्मा भण्डारी र कोषाध्यक्ष जुना मल्ल छन् । कार्यसमिति सदस्यमा देवी राना, धनकुमारी गुरुङ, मनमाया गुरुङ, कमला पाण्डे, इन्द्राशोभा घले, सूर्यकला गुरुङ, भीमकुमारी विक र सुन्तली मानन्धर छन् ।

यो आमा समूह २०६८ मा स्थापना भएको हो । निर्वाचन मण्डल संयोजकमा नरेन्द्र गिरी र सदस्यमा नग्रेन्द्र गुरुङ र मन्जु गुरुङ थिए ।

ढुंगासाँघु सीतापाइला आमा समूहको नयाँ कार्यसमिति

साधारणसभामा पोखरा १७ का अध्यक्ष तीर्थराज अधिकारी आमा समूह, क्लब, उपभोक्ता समूह आदिबाट नागरिकले विकासमा उल्लेख्य योगदान गरिरहेको बताए । उनले शान्ति, सुरक्षा कायम, टोल, समाजको विकास र सशक्तीकरण र समृद्धिका लागि वडाले आवश्यक सहयोग गर्ने जनाए । कार्यक्रममा समूहलाई सहयोग गर्नेहरुलाई सम्मान पनि गरियो ।

समूहका अध्यक्ष जुना गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सीता काफ्ले भण्डारी, रामकुमारी थापा मगर, लक्ष्मी गुरुङ, जुमप्रसाद गुरुङ लगायतले बोलेका थिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।