ताजा समाचार

कार्तिक २३ गते २०७६

सामाजिक अध्ययन मञ्चमा नयाँ समिति

सामाजिक अध्ययन मञ्च कास्कीको ११ औं वर्षिक साधारणसभा तथा छैटौं अधिबेसनले दिनेश अर्यालको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।

मञ्चको निवर्तमान अध्यक्ष टेकनाथ पौडेल, उपाध्यक्ष सकुन्तला सोती, सचिव गोविन्द काफ्ले, सहसचिव सन्दीप अधिकारी र कोषाध्यक्ष घनश्याम आचार्य छन् । सदस्यमा टीकाराम शर्मा पौडेल, डीलकुमारी पौडेल, दिनेश शर्मा, नारायणी शर्मा, तीलकप्रसाद काफ्ले र केशवप्रसाद भट्टराई छन् ।

कार्यक्रममा प्रडा श्रीराम प्रसाद उपाध्याय र मञ्का संस्थापक अध्यक्ष सूर्यबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।

निर्वाचन समितिमा राधाकृष्ण लामिछाने, कृष्णकुमारी पहारी र नवराज पौडेल थिए । संस्थाका अध्यक्ष टेकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव गोविन्द काफ्ले, उपाध्यक्ष वोधराज गौतमले बोलेका थिए ।

साधारणसभामा सचिव काफ्लेले सचिवको प्रतिवेदन र कोषाध्यक्ष घनश्याम आचार्यले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।