ताजा समाचार

कार्तिक २४ गते २०७६

स्कुटर दुर्घटनामा १ को मृत्यु १ घाइते

चितवनमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

आज विहान ४ बजेको समयमा भरतपुर महानगरपालिका ७ तेह्रसालचोक मा ना। ५९ प ३३७० न। को स्कुटर आफै अनियन्त्रीत भई पल्टिदा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । तामाङको उपचारको क्रममा सरकारि अस्पतालमा मृत्यु भएको हो भने पछाडी सवार रत्ननगर नगरपालिका निबासि २० बर्षिय पुजा सुनार घाईते भएको प्रहरिले जनाएको छ ।