समाचार

पोखरा ७ मा नेकपाको निर्वाचन परिचालन कमिटी

पोखरा महानगर वडा नं ७ मा नेकपा वडा कमिटी संयोजक पुरशोत्तम रेग्मीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन भएको छ । बुधबार भएको भेलाले ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो । नेकपाले चिरञ्जीवी पोखरेलको संयोजकत्वमा १५ सदस्यीय अर्थ समिति, दिनबन्धु पौडेलको संयोजकत्वमा ५१ सदस्यीय प्रचारप्रसार समिति, किशोर बरालको संयोजकत्वमा ५१ सदस्यीय युवा परिचालन समिति र टीकादेवी अधिकारीको संयोजकत्वमा ५१ सदस्यीय महिला परिचालन समिति बनेका छन् । बुद्धिजीवी… पुरा पढौ

प्रहरी निरीक्षकको थापाको सुतेकै ठाँउमा मृत्यु

एक वर्षदेखि जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको सुतेको ठाँउमै मृत्यु भएको छ । मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्रश प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको हो। दैलेख नारायणी नगरपालिका ८ निवासी थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मुत्यु भएको बताइएको छ । पुरा पढौ

निर्माणाधीन घरको छत भत्किँदा १ को मृत्यु २ घाइते

बर्दियाको  गुलरिया नपा–६ मा आज बिहान निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा दुर्गा गेष्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेल रहेका छन् भने घाइते हुनेमा बढैयाताल गाउँपालिका–९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारु र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी रहेका छन् । घाइतेको बर्दिया जिल्ला अस्पताल गुलरियामा प्रारम्भिक उपचारपछि थप उपचारको लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको… पुरा पढौ

नक्कली सुन देखाई ठगी गर्ने २ पक्राउ

काठमाडौंको बेँसीगाउँबाट नक्कली सुन देखाई ठगी गर्ने दुई जनालाई प्रहरीले मङ्गलबार साझँ पक्राउ गरेको छ । प्रहरी कार्यालय बौद्धले दोलखा गौरीशङ्कर गाउँपालिकाका २३ वर्षीय मीनबहादुर तामाङ र सोही ठेगाना भएका २० वर्षीय पेम्बा तामाङलाई नियन्त्रणमा लिएको हो । ‘फाइन गोल्ड वान केजी’ लेखिएको सुनजस्तो देखिने पहेँलो धातु बोकेर ठगी गरेको सूचनाको आधारमा नियन्त्रणमा लिइ उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने बौद्धका प्रहरी निरीक्षक माधव चौधरीले जानकारी दिएका… पुरा पढौ

स्यालको आक्रमणबाट १६ जना घाइते

स्यालको टोकाइबाट सिरहाको लहान नगरपालिका–४ स्थित कुमहार टोलका १६ घाइते भएका छन् । बहुला स्याल बस्तीमा प्रवेश गरी स्थानीयवासीलाई टोकेको हो । स्यालको टोकाइबाट घाइते भएका सबैको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलातर्फबाट मङ्लबार साँझ अचानक गाउँ पसेको बहुला स्यालले जथाभावी टोक्न थालेपछि स्थानीयवासी आतङ्कित बनेका छन् । स्यालको टोकाइबाट स्थानीय ७० वर्षीय रामबालक पण्डित, ४५ वर्षीय सोनाइ… पुरा पढौ

सवारी दुर्घटनामा १ को मृत्यु १घइते

चितवनमा गएराति भएको दुर्घटनामा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । भरतपुर महानगरपालिका–४ लङ्कुमा ना ६२ प ५९५ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक वडा नं ४ का २४ वर्षीय दीपक बस्नेतको घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल पछाडि सवार सोही ठाउँका २० वर्षीय प्रदीप बस्नेत गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक २० गते बुधबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक २० गते बुधबार, इस्वीसंवत नभेम्वर ५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको दशमी तिथि अहोरात्र रहनेछ । आज वृद्धि नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा कौलव, करणमा तैतिल रहनेछ भने आनन्दादि योगमा मित्र रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

बर्दियामा बाघको आक्रमणबाट माहुतेको मृत्यु

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी निकुञ्जकै हात्तीसारमा कार्यरत कर्मचारी माहुतेको मृत्यु भएको छ। ठाकुरबाबा नगरपालिका–७ मोहनपुर घर भएका ४२ वर्षीय मङ्गरु थारुको मृत्यु भएको हो। निकुञ्जभित्रको गैंँडा मचान नजिकै हात्तीलाई घाँस काट्न गएका थारुको बाघको आक्रमणमा परी मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत रवीन कडारियाले बताए। थारु २२ वर्षदेखि हात्तीसारमा करार कर्मचारीको रुपमा कार्यरत थिए। हात्ती लिएर जंगल पसेका थारु हात्तीबाट ओर्लिएर हात्तीलाई खर काट्ने… पुरा पढौ

बाँदर लखेट्दा भरुवा बन्दुक पड्किएर मृत्यु

ओखलढुंगाको मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको आइतबार मृत्यु भएको छ । गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले बाँदर लखेट्ने समूहका मोलुङ ३ बस्ने चित्रबहादुर सुनुवारलाई सोमबार दिउँसो पक्राउ गरेको छ । समूहका अन्यको पनि खोजी भइरहेको जिल्ला… पुरा पढौ

काभ्रेमा एक दम्पतीको विभत्स हत्या

काभ्रेमा एक दम्पती मृत फेला परेका छन् । नमोबुद्धनगरपालिका-८, तल्लोहटियामा ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन् । हटिया बजारमा रहेका आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका दम्पतिको धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको र घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा शव फेला परेको छ । सोमबार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं