समाचार

आजको राशिफल (२०७६ कार्तिक १९ गते मंगलबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक १९ गते मंगलबार, इस्वीसंवत नभेम्वर ५ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको नवमी तिथि अहोरात्र रहनेछ । आज धनिष्ठा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा गण्ड, करणमा बालव रहनेछ भने आनन्दादि योगमा उत्पात रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

सेन्ट मेरिजका विद्यार्थीको अमेरिका भ्रमण

सेन्टमेरिज मावि पोखरा १५ नयाँगाउँका विद्यार्थीहरु अमेरिकाको शैक्षिक भ्रमण गरी फर्किएका छन् । कक्षा ८ देखि १० सम्मका ४५ जना विद्यार्थी र ५ शिक्षक भ्रमणमा सहभागी थिए । विद्यालय व्यवस्थापक आशा सिजको नेतृत्वमा गएको टोली नासाको प्रयोगशाला र बोस्टन, न्युयोर्क, न्युजर्सी लगायतका सहर र हावर्ड विश्वविद्यालय र एमआटी विश्वविद्यालय अवलोकन गरेका थिए । दसैतिहार बिदामा करिब २ हप्ता टोलीले अमेरिका भ्रमण गरेको हो । पुरा पढौ

सुनकोशी दुर्घटनाको शोकमा सार्वजनिक विदा

सिन्धुपाल्चोकको सुकुटे बस दुर्घटनामा परी मृत्यु हुनेको शोकमा सोमबार शैलुङ गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । विज्ञप्ति प्रकाशित गरी शोकको घडीमा एक दिन गाउँपालिका भर सार्वजनिक विदा दिने बताइएको छ । गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शोक विज्ञप्ति प्रकाशित गरी यो शोकको घडीमा सिंगो शैलुङ गाउँपालिका शोकमा डुबेको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘शोकलाई शक्तिमा बदल्न आग्रह गर्दै गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय शैक्षिक संस्था, गैरसरकारी संघ संस्थाका कार्यालयहरु बन्द रहनेछन्।’… पुरा पढौ

श्रीमतीलाई तेलमा डुबाएर श्रीमान फरार

सिन्धुलीको दुधौली नगरपालिका–४ स्थित एकटियाकामा माछा तारिरहेको तातो तेलमा श्रीमती डुबाइ श्रीमान फरार भएका छन्। शनिबार बेलुका घरायासी विवादका कारण रितु मुसहरले श्रीमती आशा सदा मुसहरलाई माछा तार्न उमालिरहेको तेलमा अनुहार डुबाई दिएका हुन् । घटनामा गम्भीर घाइते भएकी आशाको घटनालगत्तै स्थानीय स्वास्थ्य संस्थामा आशाको उपचार गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि सदरमुकामको अस्पताल पुर्याइएकामा त्यहाँबाट आशालाई काठमाडौं रिफर गरिएको छ । आशाको अनुहार, घाँटी तथा शरीरमा फोका उठेका… पुरा पढौ

चरेससहित १ जना पक्राउ

प्रहरीले ३ किलोग्राम १२ ग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा३ख ९६७३ नंको यात्रुवाहक बस चेकजाँचका क्रममा मकवानपुर थाहा नगरपालिका–७ का ५३ वर्षीय लक्ष्मण सिञ्जालीमगरलाई आइतबार राति पक्राउ गरेको हो । प्रभागका प्रमुख, प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले कालो झोलामा चरेस लुकाएर काठमाडौँ ल्याउँदै गरेको अवस्थामा सिञ्जालीमगरलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका उनलाई आवश्यक अनुसन्धानका लागि महानगरीय… पुरा पढौ

जति धेरै सन्तान त्यति ठूलो ‘मेडल’

थुप्रै देशका सरकारले धेरै बच्चा जन्माउँदा नागरिकलाई आर्थिक प्रोत्साहन दिने गर्छ तर काजकिस्तान यी देशभन्दा सबैभन्दा माथि छ । काजकिस्तानमा ठूलो परिवारलाई निकै महत्व दिइँदैछ । यहाँको सरकारले परिवारमा धेरैभन्दा धेरै बच्चा होस् भन्ने चाहेको छ । त्यसकारण यो देशको जन्मदर बढाउन योगदान दिने आमालाई ‘हिरो मदर्स’ को तक्मा दिइन्छ । कुनै परिवारमा ६ जना बच्चा भए आमालाई रजत पदक दिइन्छ । सात वा सोभन्दा बढी बच्चा जन्माउने आमालाई स्वर्ण… पुरा पढौ

स्वयं ज्योतिषी : आफ्नो हात आफै हेर्नुस्, भाग्य बुझ्नुस्

जीवनमा सफलता र असफलता भाग्य रेखा अनुसार मिल्ने ज्योतिष शास्त्रमा उल्लेख छ । त्यस्तै मानिसको हातमा हुने भाग्य रेखाले सफलता र असफता निर्धारण गर्ने पनि बताउँछन् । जस्तै मानिसको हत्केलामा हुने भाग्य रेखाले जीवनका धेरै कुरा निर्धारण गर्दछ । ‘हस्तरेखा शास्त्र’ का अनुसार हतकेला, पञ्जा र औंलाले हाम्रो भविश्यबारे धेरै संकेत दिन्छन् । यसले हाम्रो स्वभावको बारेमा पनि धेरै कुरा बताउँछन्, साथै हाम्रो भविष्य कस्तो छ भन्ने पनि यसबाट थाहा… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक १८ गते सोमबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक १८ गते सोमबार, इस्वीसंवत नभेम्वर ४ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको अष्टमी तिथि अहोरात्र रहनेछ । आज श्रवण नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शूल, करणमा बब रहनेछ भने आनन्दादि योगमा सिद्धि रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

भवनबाट खसेर मजदूरको मृत्यु

घोराही उपमहानगरपालिका–३ मा रहेको सगरमाथा सिमेन्ट कारखानामा काम गर्ने एक मजदूरको खसेर मृत्यु भएको छ । दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विनोदविक्रम शाहका अनुसार भारत उत्तर प्रदेश स्थायी घर भई हाल सो कारखानामा बस्ने ४५ वर्षीय रमेशकुमार पटेल सिमेन्ट कारखानाको निर्माण हुँदै गरेको भवनमा फर्मा राख्ने क्रममा खसेर सख्त घाइते भएकामा उपचारका क्रममा आज उनको मृत्यु हो । शनिबार बेलुका साढे ८ बजे खसेर घाइते भएका पटेललाई उपचारका लागि कोहपुरस्थित… पुरा पढौ

भैलोबाट सङ्कलित रकम सामाजिक शेवामा

तिहारमा देउसी भेैलो खेलि जम्मा भएको पैसाले घुुुुमन जाने रमाइलो गर्ने फेशन जस्तो भएको छ तर पोखरा १७ छोरेपाटन बेलघारीका युवाले कमाएको पैसा फरक तरिकाले प्रयोग गरेका छन् । वेलघारी युवा समूह पोखरा १७ छोरेपाटनले मानव सेवा आश्रममा रहेका १०० जानालाई खाना खुवाएका छन्। देउसी भैलो कार्यक्रम वाट सङ्कलित रकम मध्यवाट सामाजिक उत्तरदायित्व वहन गर्दै वृद्ध वृद्धाहरूलाई खाना खुवाईएको क्लबका सल्लाहकार दिपक सुवेदीले जनाएका छन्। कार्यक्रममा प्रमुख अतिथि समाज सेवी… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं