समाचार

आजको राशिफल (२०७६ कार्तिक १६ गते शनिबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक १६ गते शनिबार, इस्वीसंवत नभेम्वर २ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको षष्ठी तिथि अहोरात्र रहनेछ । आज पूर्वाषाढा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सुकर्म, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा मतंग रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

जीवन शर्माका छोरालाई बागलुङ समाजको सहयोग

लोकप्रिय जनगायक जीवन शर्माका प्रिय माइला छोरा अमृत आचार्यको उपचारका लागि बागलुङ समाजले सहयोग हस्तान्तरण गरेको छ । बाग्लुङ समाज पोखराको सहयोग र सहकार्यमा विभिन्न संघ संस्था ,सामाजिक ब्याक्तित्वद्वारा संकलन गरेको २ लाख २६ हजार ७ सय २५ रुपिया समाजका अध्यक्ष कुलचन्द्र शर्माले अमृतका दाजु अजुनलाई शुक्रबार हस्तान्तरण गरे । अध्यक्ष शर्मासहित बग्लुङ समाज पोखराका कोषाध्यक्ष शिवप्रसाद शर्मा, सहसचिव भवानीशंकर शर्मा र कार्यसमिति सदस्य नरेश सुवेदीले काठमाडौं पुगेर सहयोग हस्तान्तरण… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक १५ गते शुक्रबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक १५ गते शुक्रबार, इस्वीसंवत नभेम्वर १ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको पञ्चमी तिथि अहोरात्र रहनेछ । आज मूल नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा सुकर्म, करणमा कौलव रहनेछ भने आनन्दादि योगमा स्थिर रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

छठपर्व : सूर्य र छठी माताको पूजा एकैसाथ

लोक आस्थाका पर्व छठ गण्डकी प्रदेशको पोखरामा पनि आजबाट विधिवत रूपमा शुरु भएको छ । लगातार चार दिनसम्म मनाइने गरिएको यस पर्वको अवसरमा तराईका विभिन्न जिल्लाबाट रोजगारका लागि पोखरामा बसोबास गर्नेहरू धार्मिक एवं सांस्कृतिक पर्व छठ उत्साहका साथ मनाउन जुटेका छन् । छठपर्व मनाउनका लागि आवश्यक बाँसका टोकरीलगायतका सामग्रीहरू सहजरूपमा पाउनु, स्थानीयवासीको पर्वप्रतिको अभिरुचि तथा सहयोगी भावनाका कारण पोखराको प्रसिद्ध फेवातालका साथै अन्य नदीहरूमा पनि भव्यरूपमा पर्व मनाउने गरिएको पोखरामा… पुरा पढौ

सामुहिक कुटपिटबाट युवकको मृत्यु

बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–८, भुडकैयामा युवाहरुको कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । स्थानीय युवालाई झगडा नगर्न आग्रह गर्दागर्दै पनि ठाकुरबाबा नगरपालिका–८, भुडकैयाका ३२ वर्षीय सतराम थारुलाई युवाहरुको समूहले कुटपिट गरी घाइते बनाएका थिए । थारुको उपचारका क्रममा भारतको लखनउमा बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ । भाइटीकाको राति युवाहरुको कुटपिटबाट चारजना घाइते भएका थिए । कुटपिटमा संलग्न भएको आरोपमा ठाकुरबाबा नगरपालिका–७, कालीगौडीबाट… पुरा पढौ

छिमेकीको पर्खालमा ठोक्किदा १ को मृत्यु

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा छिमेकीको पर्खालमा ठोक्किएर एक युवकको मृत्यु भएको छ । मदिरा सेवन गरी घर जाने क्रममा छिमेकीको पर्खालमा ठोक्किएर शुक्लाफाँटा नगरपालिका–६ वनसमितिका ३९ वर्षीय तोरण भण्डारीको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । “बढी मात्रामा मादक पदार्थ सेवन गरेकाले पर्खालमा ठोक्किएर निधारमा गहिरो चोट लागेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी सहायक निरीक्षक गजेन्द्र ऐरले भन्नुभयो, “बिहान मात्रै गाउँलेले शव देखेपछि प्रहरीलाई खबर… पुरा पढौ

सात्विक भोजनसहितको छठ पर्व, पहिलो दिन नहाय खाय

आस्थाको महापर्व छठअन्तर्गत बिहीबार पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्व अन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । यस दिनलाई अरबा–अरबाइन पनि भनिन्छ ।          व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी यसै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र… पुरा पढौ

आजको राशिफल (२०७६ कार्तिक १४ गते बिहीबार)

आजको पञ्चांग आज मिति २०७६ कार्तिक १४ गते बिहीबार, इस्वीसंवत अक्टोवर ३१ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११४०, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार कार्तिकशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कार्तिकशुक्लपक्षको चतुर्थी तिथि अहोरात्र रहनेछ । आज ज्येष्ठा नक्षत्र रहनेछ । विष्कुम्भादि योगमा शोभन, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा सौम्य रहनेछ । सूर्य तुला राशिमा,… पुरा पढौ

युवाहरुबीच खुकुरी हानाहान हुदा ६ घाइते

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं–६, फर्पुमा मंगलबार राति स्थानीय युवाहरुबीच सामान्य पिङको विषय लिएर दुई पक्षबीच झगडा हुदा खुकुरी हानाहान भएको छ । घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेहरुमा स्थानीय शुसिल तामाङ, धनबहादुर तामाङ, पदमबहादुर तामाङ, गोविन्दबहादुर तामाङ, सोमबहादुर गोलेलगायत रहेका छन् । घाइते ६ जनाकै जिल्ला सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ । तिहार मनाउन घर आएका युवाहरुबीच… पुरा पढौ

ससुरालीमा झुण्डिए बाराका युवक

ससुरालीको घरमा बस्दै आएका बारा बगरमपुरका एक युवक पर्साको सबैया ससुराली घरमा झुण्डिएको अवस्थामा फेला परेका छन् । पर्सागढी नगरपालिका-३ सबैयास्थित २५ वर्षीय बिजुली सहनी मंगलबार विहान बैकैनाको घरमा झुण्डिएर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थल पुगी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं