ताजा समाचार

कार्तिक १६ गते २०७६

गुल्मीमा बेवारिसे अवस्थामा ३ शव फेला

गुल्मीमा बेवारिसे अवस्थामा तीनओटा शव फेलापरेको छ । एक महिला र दुई बालबालिकाको शव फेला परेको हो ।

शनिबार बिहान चन्द्रकोट गाउँपालिका–३, पोखरीमा ती शव भेटिएको प्रहरीले जनाएको छ ।

अन्दाजी २७ वर्षीया महिला र अन्दाजी ७र८ वर्षका बालबालिकाको दुईओटा शव फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।

कच्ची सडकबाट करिब चार मिटर पर महिलाको शव भेटिएको थियो । महिलाको शव भेटिएको स्थानबाट करिब एक मिटर पर दुई बालबालिकाको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए ।

मृतकको पहिचान खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि सदरमुकाम पठाउन लागिएको प्रहरीले जनाएको छ ।