डिएसपी शाहीलाई कारबाही गर्न कांग्रेसको माग

विवादमा तानिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीलाई नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विभागीय कारबाही गर्न माग गरेका छन्।

डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको र खसी नदिए तिघ्रा छेडिदिने अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

कांग्रेस प्रवक्ता शर्माले ‘धम्कीको रेकर्ड सार्वजनिक छ। नेपाल प्रहरीले कोहलपुर काण्डका नाइकेलाई तत्काल विभागीय अनुसन्धानको दायरामा ल्याओस्, प्रहरीको मर्यादा हामी राख्छौं। निष्पक्ष छानबिनलाई सघाउँछौं। तर खुलेआम गुण्डागर्दी गरेर बर्दीको हुर्मत लिने ती महोदयलाई सत्य सेवा सुरक्षणमको तीन मन्त्र पुनस् पढाइयोस्।’भन्दै आइतबार ट्वीट गरेका छन् ।