ताजा समाचार

कार्तिक २० गते २०७६

प्रहरी निरीक्षकको थापाको सुतेकै ठाँउमा मृत्यु

एक वर्षदेखि जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षकको सुतेको ठाँउमै मृत्यु भएको छ ।

मंगलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्रश प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा मृत्यु भएको हो।

दैलेख नारायणी नगरपालिका ८ निवासी थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको र उपचारका क्रममा उनको मुत्यु भएको बताइएको छ ।