काभ्रेमा एक दम्पतीको विभत्स हत्या

काभ्रेमा एक दम्पती मृत फेला परेका छन् ।

नमोबुद्धनगरपालिका-८, तल्लोहटियामा ५५ वर्षीया श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी अन्दाजी ५० बर्षकी रुकुमाया श्रेष्ठको शव फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन् ।

हटिया बजारमा रहेका आफ्नै घरमा चिया पसल सञ्चालन गर्दै आएका दम्पतिको धारिलो हतियार प्रयोग गरी क्षतविक्षत बनाई सिरकले छोेपेको र घटनास्थलमा वियरका बोतल, गाँजा र सुर्तिको धुलो छरिएको अवस्थामा शव फेला परेको छ ।

सोमबार राति रक्सी खान पसलमा गएका व्यक्तिले उनीहरुको हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।